२०८३, १८ भाद्र शुक्रबार

प्रथम प्रकाश स्मृति कप:काभ्रे र दोलखा विजयी

प्रथम प्रकाश स्मृति कप:काभ्रे र दोलखा विजयी


चरिकोट, ३ मङ्सिर : दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगितामा आज भएका खेलमा काभ्रे जिल्ला फुटबल सङ्घ र दोलखा जिल्ला फुटबल सङ्घ विजयी भएका छन् ।

काभ्रे र दीपशिखा रामेछापबीच भएको आजको पहिलो खेलमा ३–० गोल अन्तरले काभ्रेले जितेको छ । काभ्रेका लागि टिम क्याप्टेन समीर खड्काले पहिलो हाफको पाँच मिनेटमा एक र दोस्रो हाफको ५३औँ मिनेटमा एक गोल गरी दुई गोल गरेका थिए । खेलको ६८औँ मिनेटमा काभ्रेका रुमन श्रेष्ठले पुनः एक गोल गरेका थिए ।

आजै भएको दोस्रो खेलमा दोलखा र सानो गौचरण क्लब बीचको खेलमा ४–० गोल अन्तरले दोलखाले जीत हात पारेको छ । दोलखाका लागि खेलको २५औँ मिनेटमा हिमाल श्रेष्ठले पहिलो गोल गरेका थिए । खेलको ६७ मिनेटमा टिम क्याप्टेन सन्त तामाङले एक गोल गरेका थिए भने सुरेन्द्र बुढाथोकीले एक गोल गरेका थिए । खेल मैदान प्रवेश गरेको दुई मिनेट पनि बित्न नपाउँदै रसिन भुजेलले ८५ मिनेटमा गोल गर्दै टोलीका लागि फराकिलो गोल अन्तरले जित दिलाएका थिए ।
मङ्गलबार हुने पहिलो क्वार्टर फाइनलको खेलमा एपिएफ नेपाल र चितवन जिल्ला फुटबल सङ्घबीच हुने भएको छ । दोस्रो खेल दीपशिखा नैकाप र श्री कुमारी क्लबबीच हुने आयोजकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ९ : १७ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण