२०८२, १४ माघ बुधबार

‘समृद्धि कृषिबाटै खोज्नुपर्छ’: मुख्यमन्त्री गुरुङ

‘समृद्धि कृषिबाटै खोज्नुपर्छ’: मुख्यमन्त्री गुरुङ


लमजुङ, ३ मङ्सिर:गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिबाटै समृद्धि खोज्नुपर्नेमा जोड दिनुभएको छ । मस्र्याङ्दी गाउँपालिकाले आयोजना गरेको प्रथम ‘मस्र्याङ्दी महोत्सव’को आज उद्घाटन गर्दै उहाँले प्रत्येक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाइनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका ३०० गाउँमा होमस्टे सञ्चालन गर्ने योजनासहित ३० करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी गराउनुभयो । प्रदेशका ५० हजार मासिनलाई स्वरोजगार बनाउने प्रदेशको योजना रहेको उहाँले बताउनुभयो ।

“गाउँमा आउने पाहुनालाई स्वागत सत्कार र होमस्टेमा बासको व्यवस्था तपाईंले गर्नुस्, होमस्टेसम्म पुग्ने पूर्वाधार निर्माण गर्न प्रदेश सरकार तत्पर छ ।”, उहाँले भन्नुभयो, “नेपालकै पहिलो होमस्टे सिरुवारी होमस्टेका रुपमा देश तथा विदेशसम्म प्रचार भएको एशियाकै नमूना होमस्टे लमजुङको घलेगाउँमा छ ।”

अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिकाको मुख्य आम्दानी कृषि र पर्यटन भएको उहाँको भनाइ थियो । उक्त महोत्सवमा गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, धनञ्जय दवाडी र मधु अधिकारी गुरुङले गाउँपालिकाको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । महोत्सव मङ्सिर ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ७ : ४१ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै