२०८२, १४ माघ बुधबार

‘युवालाई राजनीतिमा आरक्षण दिइनुपर्छ’:महामन्त्री कोइराला

‘युवालाई राजनीतिमा आरक्षण दिइनुपर्छ’:महामन्त्री कोइराला


काठमाडौँ, ३ मङ्सिर: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जातजातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्नेमा जोड दिनुभएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘म र साहित्य’ विषयक छलफल कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दैै उहाँले ६० प्रतिशतभन्दा बढी ४० वर्षमुनिका युवा भए पनि राजनीतिमा उपयुक्त अवसर पाउन नसकेको बताउनुभयो ।

“पार्टीमा रक्तसञ्चार गराउन युवालाई अघि सार्नुपर्छ, पुराना नेतासँग अनुभव हुन्छ, अनुभव ग्रहण गर्दै युवा राजनीतिमा सक्रिय हुनुपर्छ ।” उहाँले भन्नुभयो, “पार्टीको केन्द्रीय समिति, विभाग र अन्य तहमा युवालाई अघि बढाउनुपर्छ ।” दुई तिहाइ बहुमतको सरकारले ठोस योजना ल्याउन नसकेको उहाँको आरोप छ । उहाँले सामाजिक सञ्जालमा भन्दा साहित्यिक कृति पढ्नमा समय दिन युवा, विद्यार्थीलाई आग्रह गर्नुभयो ।

महामन्त्री कोइरालाले आदेश आचार्यले लेख्नुभएको ‘पारानोइया’ पुस्तकको विमोचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरु भुवन ढुङ्गाना, तोया गुरुङ, रामकुमार पाँडे, धीरेन्द्र प्रेमर्षि, नायिका मनीषा कोइराला, फाउन्डेसनका सचिव अतुल कोइराला लगायतले सामाजिक सञ्जाललाई किताबको विकल्पका रुपमा प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ५ : ५८ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै