२०८३, १२ आश्विन मंगलबार

हाच्छिउँ किन रोक्नु हुँँदैन? यस्ता छन् हाच्छिउँ सम्बन्धी ७ रोचक तथ्य

हाच्छिउँ किन रोक्नु हुँँदैन? यस्ता छन् हाच्छिउँ सम्बन्धी ७ रोचक तथ्य


हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ?डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ।इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए।

साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले बताएका छन्- जब हाच्छिउँ रोक्ने कोसिस गरिन्छ, यसबाट तपाईंको कानमा असर पर्न सक्छ। यसका साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ।३४ वर्षीय पीडितले आफूले हाच्छिउँ रोकेपछि गर्धनमा केही समस्या देखिएको बताएका छन्। त्यस लगत्तै गर्धनमा निकै पीडा महसुस भयो। खानेकुरा निल्न समस्या हुन थाल्यो र बोल्न समेत गाह्रो भइरहेको थियो।जब डाक्टरहरुले उनको परीक्षण गरे, उनको गर्धनको भाग सुन्निएको पत्ता लाग्यो।

क्षतिबाट बच्न के गर्ने?
ती युवकको एक्स-रे गर्दा हाच्छिउँ रोक्ने कोसिसको क्रममा दबावका कारण श्वासनलीका कोशिकाहरु फाटेको देखियो।
घाँटीमा सुधार नआउन्जेल ती व्यक्तिले एक सातासम्म नलीको सहयोगबाट खाना खानुपर्योन। अस्पतालमा एक हप्ता बसेर पूर्णरुपमा निको भएपछि उनलाई घर पठाइयो।

उनको उपचार भएको ठाउँ लेस्टर रोयल इन्फर्मरीको नाक, कान, घाँटी विभागका डाक्टरले बताए, ‘नाक र मुख बन्द गरेर हाच्छिउँ गर्नु खतरनाक हुन सक्छ र यसबाट बच्नु जरुरी छ।’विशेषज्ञहरुले बताए अनुसार हाच्छिउँबाट रोगहरु फैलिन सक्छ, तर कुनै किसिमको क्षतिबाट बच्न निर्धक्क हाच्छिउँ गर्नु राम्रो हुन्छ।सर्वत्र फ्लु फैलिएको बेला पब्लिक हेल्थ इंग्ल्यान्डले खोक्दा वा हाच्छिउँ गर्दा सबैले रूमाल वा कपडाले मुख ढाक्नुपर्छ भनेर प्रोत्साहित गरिएको थियो।

हाच्छिउँ सम्बन्धी ७ रोचक तथ्य :
१. हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ।
२. हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ।
३. हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ।
४. धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।
५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ।
६.हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।
७. हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  १० : २२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय