२०८३, ३१ जेष्ठ सोमबार

शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह

शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह


बर्दिवास, २ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा आज निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षालाई उत्पादन र उत्पादनलाइ समृद्धिसँग जोडेमात्र मुलुकको विकासले गति लिने बताउनुभयो ।

मन्त्री पोखरेलले बर्दिवास नगरवासीलाइ अपिल गर्दै भन्नुभयो, “तपाईंहरु प्राविधिक शिक्षाको पठनपाठनको व्यवस्थापनमा जुट्नुहोस् ।” मुलुकमा शिक्षाको मात्रात्मक विकास मात्रै भएको उल्लेख गर्दै मन्त्री पोखरेलले अगाडि भन्नुभयो, “अब यसले पुग्दैन, गुणात्मक शिक्षातर्फ अग्रसर हुनुहोस् ।” श्रमलाई सीप, सीपलाई शिक्षा र प्रविधिसँग जोडे मात्र मुलुकमा समृद्धि आउने मन्त्री पोखरेलको थप भनाइ थियो ।

सामुदायिक विद्यालयको अवस्था खस्किएकाले अब यसलाई उकास्न स्थानीय पहलकदमी बढ्नपर्ने पोखरेलको भनाइ छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना नगरे अब स्थानीय तह पनि कारवाहीको भागिदार हुने मन्त्री पोखरेलले स्थानीय प्रतिनिधिको ध्यानाकर्षण गराउनुभयो । नयाँ सञ्चालनमा आएको बर्दिवास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयले प्रदेश नं २ कै प्रतिनिधित्व गर्ने र दक्षजनशक्ति उत्पादन गर्ने कार्यक्रममा जानकारी दिइएको छ ।

यस शिक्षालयमा पाँच विषयमा पठनपाठनको व्यवस्था गरिएको शिक्षालयका प्रमुख दुःखीराम महराले जानकारी दिनुभयो । डिप्लोमा सिभिल इञ्जीनियर, सर्भे इञ्जीनियर, वन विज्ञान, होटेल म्यानेजमेण्ट, डिप्लोमा फुड एण्ड डेरी टेक्नोलोजी पठनपाठन हुने प्रमुख महराको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ९ : ५९ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क