२०८३, ३१ जेष्ठ सोमबार

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा


काठमाडौँ, २ मङ्सिर : गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई कसरी अघि बढाउने भनी आयोजना गरेको बैठकमा उहाँले नागरिकताको विषयलाई ठीक ढङ्गले सम्बोधन गर्न संवेदनशील र गम्भीरताका साथ छलफल गर्न जरुरी छ भन्नुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, “नागरिकताको सवालमा ठीक ढङ्गले सम्बोधन गर्न नसक्दा कैयौँ राष्ट्रको स्वाधीनता गुमेको हामीले देखेका छौँ ।” यसअघि छलफलमा भाग लिँदै समितिका सदस्य प्रेम सुवालले नागरिकताको सवाल छिमेकीसँगको खुला सिमानासँग जोडेर मात्र अघि बढाउनु उपयुक्त हुने सुझाव दिनुभयो । सांसद रेखा शर्माले संविधानभित्रको जटिल र गम्भीर विषयका रुपमा रहेको नागरिकताको विषयमा देखिएको विभेदको न्यूनीकरण र उठेका प्रश्नमा न्याय हुने ढङ्गबाट निर्णमा पुग्नुपर्छ भन्नुभयो । सांसद यशोदाकुमारी गुरुङ सुवेदीले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनताको पाटोलाई विचार पु¥याएर राष्ट्र र राष्ट्रियतासँग जोडिएर आएको नागरिकताको विषयलाई राजनीतिक निर्णयका आधारमा टुङ्ग्याइने सवाल भएको धारणा व्यक्त गर्नुभयो ।

सांसद देवेन्द्रराज कँडेलले नागरिकको घरदैलोमा पुगेर नागरिकता वितरण गर्ने सन्दर्भमा यकिन तथ्याङ्क दिन नसकिए पनि त्यसबेला त्रुटि भयो भन्न अनाकानी गर्नुपर्ने कारण छैन भन्नुभयो । सांसद कृष्ण गोपाल श्रेष्ठले राष्ट्रियता, मातृभूमि र देशप्रेमको भावनाले मात्र नागरिकताको विषय अघि बढाउन सुझाव दिनुभयो । सांसद पम्फा भुसालले राष्ट्रियता, अखण्डता र स्वाधीनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले नागरिकताका विषयलाई कुनै व्यक्तिको इच्छा र चासोका आधारमा निर्णयमा पुग्न नहुने तर्क गर्नुभयो ।

सांसद जनार्दन शर्माले नेपाली नागरिकताको प्रमाणपत्र नेपालीले प्राप्त नगरेको तथा विदेशीले प्राप्त गरेको भन्ने चर्चा चलिरहेको सन्दर्भमा राष्ट्र, राष्ट्रियता र आम नागरिकलाई पनि साथमा लिएर मात्र अघि बढ्नु उचित हुने सुझाव प्रस्तुत गर्नुभयो । सांसद नवराज सिलवालले कानून निर्माण गर्न मतदाताले दिएको आदेशअनुसार समिति नै यो विषयलाई टुङ्गोमा पुग्न सक्षम छ भन्नुभयो ।

सो अवसरमा सांसद बृजेशकुमार गुप्ता, मीना पाण्डे, राजेन्द्र महतो, रामसहायप्रसाद यादवले निश्चित विधि र प्रक्रिया अपनाएर सरोकारवाला, सशोधनकर्ता र विज्ञको सुझावका आधारमा विधेयकलाई अघि बढाउन सुझाव दिनुभयो । बैठकमा समितिका सभापति शशि श्रेष्ठले उक्त विधेयकमाथि १०२ विषयमा २३ वटा समूहमा रहेर ५५ जना सांसदले संशोधन प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ५ : ५३ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क