२०८२, १४ माघ बुधबार

देशको मुख्य समस्या भ्रष्टाचार : डा लोहनी

देशको मुख्य समस्या भ्रष्टाचार : डा लोहनी


नुवाकोट, ३० कात्तिक :एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भ्रष्टाचारकै कारण देशमा आर्थिक विकास र समृद्धि हुन नसकेको बताउनुभएको छ । उहाँले नेपालको प्रमुख समस्या भनेकै बढ्दो भ्रष्टाचार भएको दाबी गर्नुभयो ।

आज बेलकोटगढी नगरपालिका–१० बेलकोटको निरञ्जना माविलाई कम्प्युटर हस्तान्तरण कार्यक्रममा डा लोहनीले भ्रष्टाचार निवारण गरी आर्थिक विकास र रोजगारी सिर्जना गर्नका लागि वर्तमान सरकारले प्रयास नगरेको आरोप लगाउनुभयो । अध्यक्ष डा लोहनीले देशमा प्राविधिक शिक्षासँगै रोजगारी सिर्जना गर्ने र दक्ष जनशक्तिले यही स्वरोजगार बन्ने अवस्थाको सिर्जना गराउने अभियानमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो । स्व निरोज सेढाईं परोपकार संस्थाद्वारा आयोजित कार्यक्रममा निरञ्जना माविलाई एक थान कम्प्युटर र प्रोजेक्टर हस्तान्तरण गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ९ : ०९ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,