२०८३, १७ बैशाख शुक्रबार

देशको मुख्य समस्या भ्रष्टाचार : डा लोहनी

देशको मुख्य समस्या भ्रष्टाचार : डा लोहनी


नुवाकोट, ३० कात्तिक :एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भ्रष्टाचारकै कारण देशमा आर्थिक विकास र समृद्धि हुन नसकेको बताउनुभएको छ । उहाँले नेपालको प्रमुख समस्या भनेकै बढ्दो भ्रष्टाचार भएको दाबी गर्नुभयो ।

आज बेलकोटगढी नगरपालिका–१० बेलकोटको निरञ्जना माविलाई कम्प्युटर हस्तान्तरण कार्यक्रममा डा लोहनीले भ्रष्टाचार निवारण गरी आर्थिक विकास र रोजगारी सिर्जना गर्नका लागि वर्तमान सरकारले प्रयास नगरेको आरोप लगाउनुभयो । अध्यक्ष डा लोहनीले देशमा प्राविधिक शिक्षासँगै रोजगारी सिर्जना गर्ने र दक्ष जनशक्तिले यही स्वरोजगार बन्ने अवस्थाको सिर्जना गराउने अभियानमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो । स्व निरोज सेढाईं परोपकार संस्थाद्वारा आयोजित कार्यक्रममा निरञ्जना माविलाई एक थान कम्प्युटर र प्रोजेक्टर हस्तान्तरण गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ९ : ०९ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले