२०८३, ७ कार्तिक शनिबार

प्रधानमन्त्री कृषि परियोजना सञ्चालनका लागि सम्झौता

प्रधानमन्त्री कृषि परियोजना सञ्चालनका लागि सम्झौता


कञ्चनपुर  ३० कात्तिक: भीमदत्त नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन एकाइ धानक्षेत्रबीच नगरपालिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालनका लागि आज सम्झौता गरिएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्ना र परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

चालू आर्थिक वर्षका लागि नगरपालिकाका वडा नं १, २, ३, १८ र १९ मा सञ्चालन गरिने कार्यक्रमअन्तर्गत साना सिँचाइ, कृषि यान्त्रीकरण, माटो परीक्षण, उन्नत जातको धान र मुङको बीउ वितरण तथा किसानको क्षमता अभिवृद्धि तालीम सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएका छन् ।

कृषि उद्यमी, कृषक समूह र कृषि सहकारीले परियोजनामा पेश गरेका प्रस्तावबाट छनोट गरी कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताउनुभयो । सो परियोजना भीमदत्त र कृष्णपुर नगरपालिकाका कृषि उत्पादन क्षेत्रमा सञ्चालन गरिएको छ ।
–––

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ८ : ४४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना