२०८२, १३ फाल्गुन बुधबार

प्रधानमन्त्री कृषि परियोजना सञ्चालनका लागि सम्झौता

प्रधानमन्त्री कृषि परियोजना सञ्चालनका लागि सम्झौता


कञ्चनपुर  ३० कात्तिक: भीमदत्त नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन एकाइ धानक्षेत्रबीच नगरपालिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालनका लागि आज सम्झौता गरिएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्ना र परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

चालू आर्थिक वर्षका लागि नगरपालिकाका वडा नं १, २, ३, १८ र १९ मा सञ्चालन गरिने कार्यक्रमअन्तर्गत साना सिँचाइ, कृषि यान्त्रीकरण, माटो परीक्षण, उन्नत जातको धान र मुङको बीउ वितरण तथा किसानको क्षमता अभिवृद्धि तालीम सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएका छन् ।

कृषि उद्यमी, कृषक समूह र कृषि सहकारीले परियोजनामा पेश गरेका प्रस्तावबाट छनोट गरी कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताउनुभयो । सो परियोजना भीमदत्त र कृष्णपुर नगरपालिकाका कृषि उत्पादन क्षेत्रमा सञ्चालन गरिएको छ ।
–––

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ८ : ४४ बजे

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर