२०८३, ३१ जेष्ठ सोमबार

मेला महोत्सवमा छाडापन निरुत्साहन गर्न मुख्यमन्त्रीको आग्रह

मेला महोत्सवमा छाडापन निरुत्साहन गर्न मुख्यमन्त्रीको आग्रह


परासी, ३० कात्तिक: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मेला महोत्सवको नाममा अश्लिल र छाडा संस्कृतिलाई प्रोत्साहन नगर्न आग्रह गर्नुभएको छ । महोत्सवमा छाडापन बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा आजदेखि शुरु भएको तेस्रो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले स्वस्थ मनोरञ्जनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले बर्दघाट नगरपालिका प्रदेश नं ५ कै पूर्वी मुख्य प्रवेशद्वार भएकाले नगरलाई प्रदेशको पहिचान झल्किने गरी सुन्दर, हराभरा र समृद्धिको दिशामा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले नवलपरासीको परासीस्थित बाइपास क्षेत्रलगायत तीन वटा औद्योगिक क्षेत्र र करिडोर स्थापनाका लागि अध्ययन शुरु गर्न लागेको जानकारी गराउनुभयो ।

प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल, बर्दघाट नगरपालिकाका प्रमुख धीरज बस्याललगायतले कार्यक्रममा बोल्नु भएको थियो । बर्दघाट उद्योग वाणिज्य सङ्घको आयोजना तथा बर्दघाट नगरपालिकाको सहआयोजनामा आजदेखि शुरु भएको मङ्सिर ११ गतेसम्म चल्ने मेलामा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको सङ्घका अध्यक्ष मीनराज शर्माले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ८ : ४० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क