२०८२, २४ भाद्र मंगलबार

कृषिक्रान्तिले नै मुलुकको विकास सम्भव छ : नेता पौडेल

कृषिक्रान्तिले नै मुलुकको विकास सम्भव छ : नेता पौडेल


पर्सा, ३० कात्तिक :नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिक्रान्ति बिना नेपालको विकास हुन नसक्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र ४ ले आज पर्साको धोवनी गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल गाउँमा बस्छ र किसान नै नेपाल भएकाले किसानको जीवनस्तरमा सुधार ल्याएपछि मात्र मुलुकमा विकास हुने ठोकुवा गर्नुभयो ।

उहाँले कृषिक्रान्ति, पर्यटनको विस्तार र ऊर्जाको विकासले नै राष्ट्रलाई समृद्ध बनाउने सकिने भए पनि यसतर्फ सरकारको ध्यान नरहेको बताउनुभयो । विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकालाई पार्टीमा स्वागत गर्दै वरिष्ठ नेता पौडेलले मधेश आन्दोलनका घाइते र सहादत प्राप्त भएकालाई राहत प्रदान गर्न नेपाली काङ्ग्रेसले आयोग गठन गर्ने बताउनुभयो । उहाँले आन्दोलनमा मारिएका आश्रित परिवारलाई रु ५० लाख दिने घोषणा गरेका नेताहरु सत्तामा पुगेपछि सबै बिर्सिएकाले जनताको सच्चा साथीका रुपमा रहेको काङ्ग्रेसले चाँडै आयोग बनाई आन्दोलनका क्रममा पीडित भएकाको समस्यालाई सम्बोधन गर्ने ठोकुवा गर्नुभयो ।

नेपाली काङ्ग्रेस पर्सा क्षेत्र ४ का क्षेत्रीय सभापति रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरीलगायत वक्ताले सरकार गठन भएको ६ महीना बित्दासमेत जनताले सरकारको अनुभूति गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ८ : ०२ बजे

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा गोली चल्यो

काठमाडौं । काठमाडौको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं, ललितपुर र भक्तपुरका

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आइतबारको जेनजी आन्दोलनमा भएको दमन,