२०८३, २४ आश्विन आईतबार

कृषिक्रान्तिले नै मुलुकको विकास सम्भव छ : नेता पौडेल

कृषिक्रान्तिले नै मुलुकको विकास सम्भव छ : नेता पौडेल


पर्सा, ३० कात्तिक :नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिक्रान्ति बिना नेपालको विकास हुन नसक्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र ४ ले आज पर्साको धोवनी गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल गाउँमा बस्छ र किसान नै नेपाल भएकाले किसानको जीवनस्तरमा सुधार ल्याएपछि मात्र मुलुकमा विकास हुने ठोकुवा गर्नुभयो ।

उहाँले कृषिक्रान्ति, पर्यटनको विस्तार र ऊर्जाको विकासले नै राष्ट्रलाई समृद्ध बनाउने सकिने भए पनि यसतर्फ सरकारको ध्यान नरहेको बताउनुभयो । विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकालाई पार्टीमा स्वागत गर्दै वरिष्ठ नेता पौडेलले मधेश आन्दोलनका घाइते र सहादत प्राप्त भएकालाई राहत प्रदान गर्न नेपाली काङ्ग्रेसले आयोग गठन गर्ने बताउनुभयो । उहाँले आन्दोलनमा मारिएका आश्रित परिवारलाई रु ५० लाख दिने घोषणा गरेका नेताहरु सत्तामा पुगेपछि सबै बिर्सिएकाले जनताको सच्चा साथीका रुपमा रहेको काङ्ग्रेसले चाँडै आयोग बनाई आन्दोलनका क्रममा पीडित भएकाको समस्यालाई सम्बोधन गर्ने ठोकुवा गर्नुभयो ।

नेपाली काङ्ग्रेस पर्सा क्षेत्र ४ का क्षेत्रीय सभापति रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरीलगायत वक्ताले सरकार गठन भएको ६ महीना बित्दासमेत जनताले सरकारको अनुभूति गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ८ : ०२ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५