२०८२, १६ चैत्र मंगलबार

सेक्स गर्नु अघि यी चीज नखानुहोस्,जसले शरीरलाई असर पर्न जान्छ

सेक्स गर्नु अघि यी चीज नखानुहोस्,जसले शरीरलाई असर पर्न जान्छ


विश्वभर सेक्स सधैं एक कौतुहलताको विषय बन्दै आएको छ । सेक्स जीवन सुखमय बनाउने नाममा मानिसहरु जानिनजानी कतिपय अवस्थामा ‘गलत’ तरिका रोज्न पुग्छन्, जसले मानिसको जीवनमै असर पर्न जान्छ । राम्रो यौन जीवनका लागि खाद्य पदार्थ ९डाइट०को पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । जसरी केही डाइटहरुले मानिसको कामोत्तेजना बढाउँछन् भने केही तत्वहरु छन्, जसले मानिसको कामोत्तेजना ह्रास गर्छन् । यौन सम्बन्ध अगाडि यी तत्वहरुको सेवनले मानिसको ‘परर्फमेन्स’मा विपरित प्रभाव पर्न सक्छ ।

इनर्जी ड्रिंकः इनर्जी ड्रिंकले कामोत्तेजना बढाउँछ भन्ने भ्रममा कहिल्यै नपर्नुस् । इनर्जी ड्रिंकको सेवनबाट मानिसले उर्जावान त भएको महशुस गर्छन् । तर, यसमा बढी मात्रामा चिनीजन्य पदार्थ हुन्छ, जसले शरीरमा ‘टेस्टोस्टेरोन’का स्तर घटाउँछ । यस भन्दा राम्रो घरमै बनेको चिनीको मात्रा कम हुने फलफूलको जुस सेवन गर्दा उत्तम हुन्छ । जसले मानिसको इनर्जी कायम राख्न मद्दत पुर्‍याउँछ ।

अल्कोहलः अल्कोहलको सेवनले शरीररको सेक्स हर्मोनमा नोक्सान पुर्‍याउँछ र मानिसको कामोच्छा घटाउँछ । युनिभर्सिटी अफ वासिंगटनका शोधकर्ताले आफ्नो शोधमा पाए कि अल्कोहल बढी सेवन गर्ने पुरुषमा टेस्टोस्टेरोन कम हुन्छ, जसको नकारात्मक प्रभाव मानिसको यौन जीवनमा पर्न जान्छ ।

माउथ फ्रेसनरः वास्नादार चुईंगम वा ‘माउथ फ्रेशनर’ले मानिसको सासको गन्ध हटाउन मद्दत गर्छ । तर, सेक्स अगाडि यसको सेवनले हानी पुर्‍याउन सक्छ । यस्ता चीजहरुमा अधिक मात्रामा अम्लियपना ९एसिडिटी० हुन सक्छ । यसको सट्टामा मानिसले सेक्स अगाडि सासको गन्ध हटाउन वा कम गर्न हर्बल चिया पिउँदा उत्तम हुन्छ । जसले गर्दा मानिसको सेक्स परर्फमेन्समा विपरित असर नपरोस् ।

बट्टाभित्र हुने खाद्य पदार्थः सेक्स अगाडि बट्टाभित्र ‘प्याकिङ’ भएको खाद्यपदार्थ सेवन गर्दा पनि नकारात्मक असर गर्न सक्छ । यस्ता खाद्यपदार्थमा सोडियम अधिक हुने गर्छ । जसले शरीरको पाचन क्षमतालाई असर पुर्‍याउँछ नै यसले सेक्स हर्मोन पनि घटाउँछ । त्यसैले यस्ता खाद्यपदार्थ सेवन नगर्दा नै उत्तम हुन्छ। एजेन्सी

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  १० : ४६ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा