२०८२, २० असार शुक्रबार

सेक्स गर्नु अघि यी चीज नखानुहोस्,जसले शरीरलाई असर पर्न जान्छ

सेक्स गर्नु अघि यी चीज नखानुहोस्,जसले शरीरलाई असर पर्न जान्छ


विश्वभर सेक्स सधैं एक कौतुहलताको विषय बन्दै आएको छ । सेक्स जीवन सुखमय बनाउने नाममा मानिसहरु जानिनजानी कतिपय अवस्थामा ‘गलत’ तरिका रोज्न पुग्छन्, जसले मानिसको जीवनमै असर पर्न जान्छ । राम्रो यौन जीवनका लागि खाद्य पदार्थ ९डाइट०को पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । जसरी केही डाइटहरुले मानिसको कामोत्तेजना बढाउँछन् भने केही तत्वहरु छन्, जसले मानिसको कामोत्तेजना ह्रास गर्छन् । यौन सम्बन्ध अगाडि यी तत्वहरुको सेवनले मानिसको ‘परर्फमेन्स’मा विपरित प्रभाव पर्न सक्छ ।

इनर्जी ड्रिंकः इनर्जी ड्रिंकले कामोत्तेजना बढाउँछ भन्ने भ्रममा कहिल्यै नपर्नुस् । इनर्जी ड्रिंकको सेवनबाट मानिसले उर्जावान त भएको महशुस गर्छन् । तर, यसमा बढी मात्रामा चिनीजन्य पदार्थ हुन्छ, जसले शरीरमा ‘टेस्टोस्टेरोन’का स्तर घटाउँछ । यस भन्दा राम्रो घरमै बनेको चिनीको मात्रा कम हुने फलफूलको जुस सेवन गर्दा उत्तम हुन्छ । जसले मानिसको इनर्जी कायम राख्न मद्दत पुर्‍याउँछ ।

अल्कोहलः अल्कोहलको सेवनले शरीररको सेक्स हर्मोनमा नोक्सान पुर्‍याउँछ र मानिसको कामोच्छा घटाउँछ । युनिभर्सिटी अफ वासिंगटनका शोधकर्ताले आफ्नो शोधमा पाए कि अल्कोहल बढी सेवन गर्ने पुरुषमा टेस्टोस्टेरोन कम हुन्छ, जसको नकारात्मक प्रभाव मानिसको यौन जीवनमा पर्न जान्छ ।

माउथ फ्रेसनरः वास्नादार चुईंगम वा ‘माउथ फ्रेशनर’ले मानिसको सासको गन्ध हटाउन मद्दत गर्छ । तर, सेक्स अगाडि यसको सेवनले हानी पुर्‍याउन सक्छ । यस्ता चीजहरुमा अधिक मात्रामा अम्लियपना ९एसिडिटी० हुन सक्छ । यसको सट्टामा मानिसले सेक्स अगाडि सासको गन्ध हटाउन वा कम गर्न हर्बल चिया पिउँदा उत्तम हुन्छ । जसले गर्दा मानिसको सेक्स परर्फमेन्समा विपरित असर नपरोस् ।

बट्टाभित्र हुने खाद्य पदार्थः सेक्स अगाडि बट्टाभित्र ‘प्याकिङ’ भएको खाद्यपदार्थ सेवन गर्दा पनि नकारात्मक असर गर्न सक्छ । यस्ता खाद्यपदार्थमा सोडियम अधिक हुने गर्छ । जसले शरीरको पाचन क्षमतालाई असर पुर्‍याउँछ नै यसले सेक्स हर्मोन पनि घटाउँछ । त्यसैले यस्ता खाद्यपदार्थ सेवन नगर्दा नै उत्तम हुन्छ। एजेन्सी

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  १० : ४६ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक