२०८३, ३ आश्विन आईतबार

‘समृद्धिका लागि तीन तहबीच सहकार्य आवश्यक’:मन्त्री बस्नेत

‘समृद्धिका लागि तीन तहबीच सहकार्य आवश्यक’:मन्त्री बस्नेत


सुर्खेत २९ कात्तिक: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिका लागि तीन तहकै सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशको समृद्धिका लागि तीन तहको सरकारका बीचमा सहकार्य अपरिहार्य भएकोमा जोड दिनुभएको हो ।

“स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीचको सहकार्यबाट मात्रै देशको समृद्धि र विकास हुन्छ”, मन्त्री बस्नेतले भन्नुभयो, “यसका लागि सङ्घीय सरकारले आवश्यक पहलकदमी लिन्छ ।” मन्त्री बस्नेतले कर्णाली प्रदेशको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्ने औँल्याउनुभयो । कर्णालीको समृद्धि र विकासका लागि जलविद्युत् तथा पर्यटन महत्वपूर्ण आधार रहेको उहाँको भनाइ छ । तत्कालका लागि आन्तरिक स्रोत नभएकाले कर्णालीको समृद्धि र विकासमा सङ्घीय सरकारले सघाउने बताउनुभयोे ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ७ : ३३ बजे

संविधान दिवस कि औपचारिकताको दिवस ? : अधिवक्ता कमल सापकोटा

टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

बाढीपीडितको चुलो बाल्न नाडाको सहयोग, राहत सामग्री हस्तान्तरण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले नुवाकोट, टिमुरे