२०८२, २४ बैशाख बुधबार

‘समृद्धिका लागि तीन तहबीच सहकार्य आवश्यक’:मन्त्री बस्नेत

‘समृद्धिका लागि तीन तहबीच सहकार्य आवश्यक’:मन्त्री बस्नेत


सुर्खेत २९ कात्तिक: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिका लागि तीन तहकै सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशको समृद्धिका लागि तीन तहको सरकारका बीचमा सहकार्य अपरिहार्य भएकोमा जोड दिनुभएको हो ।

“स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीचको सहकार्यबाट मात्रै देशको समृद्धि र विकास हुन्छ”, मन्त्री बस्नेतले भन्नुभयो, “यसका लागि सङ्घीय सरकारले आवश्यक पहलकदमी लिन्छ ।” मन्त्री बस्नेतले कर्णाली प्रदेशको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्ने औँल्याउनुभयो । कर्णालीको समृद्धि र विकासका लागि जलविद्युत् तथा पर्यटन महत्वपूर्ण आधार रहेको उहाँको भनाइ छ । तत्कालका लागि आन्तरिक स्रोत नभएकाले कर्णालीको समृद्धि र विकासमा सङ्घीय सरकारले सघाउने बताउनुभयोे ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ७ : ३३ बजे

प्रशासनकै संरक्षणमा साँस्कृतिक महोत्सव,बढ्यो बिकृति !

काठमाडौं: सिन्धुलीमा गएको बैशाख ११ गते देखि जारी फुड फेस्टिभल

फेवातालमा फसेका ८ जनाको उद्धार

काठमाडौं । हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको

लागुऔषध नियन्त्रणदेखी फरार अभियुक्त पक्राउसम्मको तथ्य

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्‌लेले आफ्‌नो एक वर्षे बसाईका क्रममा

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई