२०८२, २४ भाद्र मंगलबार

पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल


पर्सा, ३० कात्तिक : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको पुण्यतिथीको अवसरमा नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जको हरपतगङ्गमा आयोजना गरेको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

वरिष्ठ नेता पौडेल भन्नुभयो, “मिल्ने मात्र होइन, नेताहरुमा रहेका गलत प्रवृत्तिलाई समाप्त पारी पार्टीलाई एकढिक्का बनाई अगाडि बढ्नु नै आजको आवश्यक रहेको प्रस्ट पार्नुभयो । उहाँले अरुको पतनमा आफ्नो प्रगति देख्ने प्रवृत्तिलाई अन्त्य गर्दै नेतृत्वले न्याय, निष्पक्षता र पारदर्शी मुल्याङ्कनको आधारमा पार्टीलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

नेता पौडेलले भ्रष्टाचार, महँगी, अपराध बढ्दै गएकाले जनतामा वर्तमान सरकारप्रति निराशा छाएको आरोप लगाउनुभयो । उहाँले सरकार गठन भएको छ महीना बितेपनि सरकारले जनतालाई राहत दिनुको साट्टा काण्डै–काण्डमात्र दिएकाले जनता निरास भएको टिप्पनी गर्नुभयो । नेपाली काङ्ग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजयकुमार चौरसिया लगायतका वक्ताले तीनै तहका सरकारको कर नीतिले जनतालाई दुःखी बनाएको धारणा व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ७ : २८ बजे

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा गोली चल्यो

काठमाडौं । काठमाडौको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं, ललितपुर र भक्तपुरका

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आइतबारको जेनजी आन्दोलनमा भएको दमन,