२०८२, १७ कार्तिक आईतबार

समावेशी, समानुपातिक र सङ्घीयता शहीदको देन : मुख्यमन्त्री

समावेशी, समानुपातिक र सङ्घीयता शहीदको देन : मुख्यमन्त्री


गौशाला, २९ कात्तिक:प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा सङ्घीयता, समावेशी तथा समानुपातिकजस्ता उपलब्धि शहीदको देन रहेको बताउनुभएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरको जिरोमाइलमा नवनिर्मित ‘मधेश आन्दोलनका शहीदको शालिक’ अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेशलगायत देशका सातवटै प्रदेशमा अहिले आफ्नो शासन, प्रशासन सबै शहीदको देन भएको धारणा व्यक्त गर्नुभयो ।

मधेश आन्दोलनका क्रममा विसं २०७२ भदौ २३ र २५ गते महोत्तरीको जलेश्वरमा शहीद भएका रोहन चौधरी, गणेशप्रसाद चौधरी, रामविवेक यादव, वीरेन्द्र विच्छा, अमित कापर र रामशीला मण्डलको शालिक अनावरण तथा शहीद बाटिका उद्घाटन कार्यक्रममा उहाँले मधेश आन्दोलनका क्रममा आफ्नो ज्यानका आहुति दिएर शहीदले कोरेको बाटोमा आफूहरु सधैँ हिँडिराख्ने तथा सबै हकअधिकार प्राप्त नगरुञ्जेल सङ्घर्ष जारी राख्ने बताउनुभयो ।

राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशका जनता सुरक्षित, शिक्षित, रोजगार तथा देशको प्रत्येक तहतप्कामा समानरुपमा अवसर पाउनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, प्रदेश नं २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लाललगायतले देशका सबै राजनीतिकर्मीलाई शहीदले जुन उद्देश्यको कामना गर्दै सहादत दिएका छन् ती उद्देश्य पूरा गर्न सधैँ तत्पर रहन सुझाव दिनुभयो ।

प्रदेश नं २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाको सहयोग तथा जलेश्वर नगरपालिकाको समन्वयमा जलेश्वर नगरपालिका– २ स्थित जिरोमाइलमा नव निर्मित शहीदको शालिक तथा शहीद वाटिका अनावरण कार्यक्रम जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रको अध्यक्षतामा भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ६ : ४८ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या