२०८३, २४ आश्विन आईतबार

समावेशी, समानुपातिक र सङ्घीयता शहीदको देन : मुख्यमन्त्री

समावेशी, समानुपातिक र सङ्घीयता शहीदको देन : मुख्यमन्त्री


गौशाला, २९ कात्तिक:प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा सङ्घीयता, समावेशी तथा समानुपातिकजस्ता उपलब्धि शहीदको देन रहेको बताउनुभएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरको जिरोमाइलमा नवनिर्मित ‘मधेश आन्दोलनका शहीदको शालिक’ अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेशलगायत देशका सातवटै प्रदेशमा अहिले आफ्नो शासन, प्रशासन सबै शहीदको देन भएको धारणा व्यक्त गर्नुभयो ।

मधेश आन्दोलनका क्रममा विसं २०७२ भदौ २३ र २५ गते महोत्तरीको जलेश्वरमा शहीद भएका रोहन चौधरी, गणेशप्रसाद चौधरी, रामविवेक यादव, वीरेन्द्र विच्छा, अमित कापर र रामशीला मण्डलको शालिक अनावरण तथा शहीद बाटिका उद्घाटन कार्यक्रममा उहाँले मधेश आन्दोलनका क्रममा आफ्नो ज्यानका आहुति दिएर शहीदले कोरेको बाटोमा आफूहरु सधैँ हिँडिराख्ने तथा सबै हकअधिकार प्राप्त नगरुञ्जेल सङ्घर्ष जारी राख्ने बताउनुभयो ।

राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशका जनता सुरक्षित, शिक्षित, रोजगार तथा देशको प्रत्येक तहतप्कामा समानरुपमा अवसर पाउनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, प्रदेश नं २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लाललगायतले देशका सबै राजनीतिकर्मीलाई शहीदले जुन उद्देश्यको कामना गर्दै सहादत दिएका छन् ती उद्देश्य पूरा गर्न सधैँ तत्पर रहन सुझाव दिनुभयो ।

प्रदेश नं २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाको सहयोग तथा जलेश्वर नगरपालिकाको समन्वयमा जलेश्वर नगरपालिका– २ स्थित जिरोमाइलमा नव निर्मित शहीदको शालिक तथा शहीद वाटिका अनावरण कार्यक्रम जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रको अध्यक्षतामा भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ६ : ४८ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५