२०८२, ८ फाल्गुन शुक्रबार

व्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउन जोड: मन्त्री अधिकारी

व्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउन जोड: मन्त्री अधिकारी


दमौली, २९ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पवित्र वेदव्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफा क्षेत्रमा जारी विश्वओमकार तथा हिन्दू महामिलन पर्वमा आज मन्त्री अधिकारीले व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै पूर्वीय दर्शनबाट प्रभावित हुने मानिसलाई यहाँ आउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “ व्यासको महिमालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउँदै यसलाई एउटा धार्मिक पर्यटनको केन्द्र बनाउनेतर्फ जनस्तरबाट लाग्नुपर्छ । त्यसमा सङ्घीय सरकारको साथ र सहयोग रहन्छ ।” मन्त्री अधिकारीले व्यासभूमिलाई गुरुयोजनानुसार विकास गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिकस्थल र प्राचीन सम्पदाको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताउँदै उहाँले त्यसकै माध्यमबाट आध्यात्मिक जागरण सिर्जना गर्न सकिनेछ भन्नुभयो ।

कार्यक्रममा सांसद कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल र कलिला खान, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत सहभागी हुनुभएको छ । कात्तिक १ देखि शुरु भएको पर्व ३० गतेसम्म सञ्चालन हुनेछ । पर्वमा देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिनुभयो ।

गत वर्ष कात्तिक १ गतेदेखि १८ महीनासम्म अखण्ड हरिकीर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरतास्वरुप अब प्रत्येक वर्ष कात्तिक महीनामा यो कार्यक्रम आयोजना गरिने छ । पर्वका अवसरमा महर्षि वेदकोबारेमा समेत भक्तजनलाई जानकारी गराउने गरिएको छ ।सो अवसरमा वैदिक सनातन विधिअनुसार हीरण्यगर्भ भगवानी शालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले पूजा, वेद, विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुबाट दैनिक धार्मिक प्रवचनलगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । मन्त्री अधिकारीले आज नै दमौलीमा रहेको तमुसार क्होईबो गुम्बाको अवलोकन गर्दै गुम्बामा निर्माण गर्न लागिएको गुरुङ सङ्ग्रहालयका लागि मन्त्रालयबाट आवश्यक बजेट विनियोजन गर्नेतर्फ आफू सकारात्मक रहेको मन्त्री अधिकारीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ६ : ०९ बजे

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र