२०८२, १७ कार्तिक आईतबार

सरकारको सङ्कल्पमा जनताको सहयोग आवश्यक: मन्त्री कार्की

सरकारको सङ्कल्पमा जनताको सहयोग आवश्यक: मन्त्री कार्की


विराटनगर, २८ कातिक : प्रदेश नं १ का कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश समृद्ध बनाउने प्रदेश सरकारको सङ्कल्पमा आम जनताको सहयोग अपेक्षा गर्नुभएको छ ।

प्रदेश नं १ को सरकारका तर्फबाट राष्ट्रिय चाडपर्वको सन्दर्भमा स्थानीय आदर्श उच्च माविमा आज आयोजित विशेष सांस्कृतिक महोत्सवमा उहाँले चाडपर्वले राष्ट्रिय एकतालाई खदिलो र बलियो बनाउन मद्दत गरेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले विविधताबीचको एकता हाम्रो पहिचान भएको बताउँदै सरकारले सबै जातजातिका धर्म, संस्कृतिलाई संरक्षण गर्ने स्पष्ट पार्नुभयो ।

प्रदेश नं १ का प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका उच्चअधिकारीको उपस्थिती थियो । सो अवसरमा थारु, बाँतर, मुस्लिम समुदाय, धिमाल, मगर, राई, राजवंशी र उराव जातिका झाँकी प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ८ : ५१ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या