२०८३, ३१ जेष्ठ सोमबार

सबै क्षेत्रका एकाधिकार हटाउन लागीपरेका छौं : गृहमन्त्री थापा

सबै क्षेत्रका एकाधिकार हटाउन लागीपरेका छौं : गृहमन्त्री थापा


बेनी, २७ कात्तिक : गृहमन्त्री रामबहादुर थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार हटाउन लागीपरेको बताउनुभएको छ । म्याग्दी कोरला यातयात प्रालिद्वारा बेनी–काठमाडाँै सडकमा सञ्चालित सुविधायुक्त स्तरीय यातयात सेवाको आज यहाँ सुभारम्भ गर्दै गृहमन्त्री थापाले मुलुकको समृद्धि र नागरिकको आयआर्जनमा सुधार ल्याउन सरकारले यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायत क्षेत्रमा रहेको एकाधिकारलाई समेत अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘‘मुठीभरका व्यक्तिले मात्रै हरेक क्षेत्र ओगटेका छन्, सिमिति मान्छे धनी छन्, मुलुक र आमनागरिक गरिबीमै बस्नुपर्ने बाध्यता छ, सबैलाई समान अवसर सिर्जना गर्नको लागि एकाधिकार तोड्न जरुरी छ’’, मन्त्री थापाले भन्नुभयो । यातयातको क्षेत्रमा वर्षौदेखि रहेको एकाधिकारले यात्रुहरुलाई बाधा पु¥याएकाले कानूनी रुपमै त्यसलाई हटाउने निर्णय लिएको मन्त्री थापाले बताउनुभयो । उहाँले यातायात क्षेत्रमा कानूनी रुपमा एकाधिकार हटे पनि व्यावहारिक रुपमा अझै पूर्ण रुपमा कार्यान्वनयमा आउन बाँकी रहेको उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन कार्यदल बनाएर आवश्यक काम गरिरहेको बताउँदै उहाँले यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आरामदायी बनाउन यातयात व्यवसायी प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले यातयात क्षेत्रमा हटाइएको एकाधिकारलाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन यातायातसम्बन्धी ऐन र व्यवस्थालाई नै परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । प्रालिका अध्यक्ष सुरत केसीले काठमाडाँै र पोखरा लगायतका क्षेत्रमा अझै पनि एकाधिकार हट्न नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ९ : ४१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क