२०८२, २५ बैशाख बिहीबार

सिंगापुरमा निको नभएपछि प्रचण्डपत्नी तातोपानीमा, प्रचण्ड र गृहमन्त्रीले पनि मारे डुबुल्की

सिंगापुरमा निको नभएपछि प्रचण्डपत्नी तातोपानीमा, प्रचण्ड र गृहमन्त्रीले पनि मारे डुबुल्की


बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि साेमबार म्याग्दी अाउनुभयाे । यहाँस्थित तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष दाहाल पत्नी र छाेरीसहित यहाँ आउनुभएको हो ।

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित दाहालपत्नी सीतालाई उपचार गराउन ल्याइएको छ । सिंगापुर, थाइल्यान्ड, भारतलगायत विदेशमा लगी पटकपटक उपचार गराउँदा पनि पत्नी सीताकाे नसासम्बन्धी राेग निकाे नभएपछि प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीर डुबाएर उपचार गराउन शुरु गरिएको हाे ।

साेमबार दिउँसो हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्ड पुगेका थिए । सो टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल र उनकी पत्नी नैनकला पनि थिए । साथै अध्यक्ष दाहालकी छोरी गङ्गालगायत अन्य पनि सहभागी ताताेपानी अाएका हुन् ।

तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि सीतालाई यहाँ ल्याइएको अध्यक्षका निजी सचिव जोगबहादुर महराले जानकारी दिए ।


पहिलो दिन सीतासहितको टोलीले नै तातोपानी कुण्डभित्र करीब साढे १ घण्टा स्नान गरेको छ । उनलाई बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुगेर स्नान गरी उपचार गराइने व्यवस्था मिलाइएको छ ।

म्याग्दीमा अध्यक्ष प्रचण्डको कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमसमेत तय गरिएको नेकपाका नेता एवम् पूर्वसांसद गोविन्द पौडेलले जानकारी दिएका छन् । नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरुसमेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहने जनाइएकाे छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ७ : ०३ बजे

लागू औषध सहित दुई युवक पक्राउ

सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज

आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै

काठमाडौं । दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख

स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको