२०८२, २८ चैत्र आईतबार

सिंगापुरमा निको नभएपछि प्रचण्डपत्नी तातोपानीमा, प्रचण्ड र गृहमन्त्रीले पनि मारे डुबुल्की

सिंगापुरमा निको नभएपछि प्रचण्डपत्नी तातोपानीमा, प्रचण्ड र गृहमन्त्रीले पनि मारे डुबुल्की


बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि साेमबार म्याग्दी अाउनुभयाे । यहाँस्थित तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष दाहाल पत्नी र छाेरीसहित यहाँ आउनुभएको हो ।

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित दाहालपत्नी सीतालाई उपचार गराउन ल्याइएको छ । सिंगापुर, थाइल्यान्ड, भारतलगायत विदेशमा लगी पटकपटक उपचार गराउँदा पनि पत्नी सीताकाे नसासम्बन्धी राेग निकाे नभएपछि प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीर डुबाएर उपचार गराउन शुरु गरिएको हाे ।

साेमबार दिउँसो हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्ड पुगेका थिए । सो टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल र उनकी पत्नी नैनकला पनि थिए । साथै अध्यक्ष दाहालकी छोरी गङ्गालगायत अन्य पनि सहभागी ताताेपानी अाएका हुन् ।

तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि सीतालाई यहाँ ल्याइएको अध्यक्षका निजी सचिव जोगबहादुर महराले जानकारी दिए ।


पहिलो दिन सीतासहितको टोलीले नै तातोपानी कुण्डभित्र करीब साढे १ घण्टा स्नान गरेको छ । उनलाई बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुगेर स्नान गरी उपचार गराइने व्यवस्था मिलाइएको छ ।

म्याग्दीमा अध्यक्ष प्रचण्डको कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमसमेत तय गरिएको नेकपाका नेता एवम् पूर्वसांसद गोविन्द पौडेलले जानकारी दिएका छन् । नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरुसमेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहने जनाइएकाे छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ७ : ०३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४