२०८३, ३ आश्विन आईतबार

महाधिवेशनको वातावरण बनाउन आग्रह

महाधिवेशनको वातावरण बनाउन आग्रह


काठमाडौँ, २६ कात्तिक : नेपाल विद्यार्थी सङ्घले विधानसम्मत १२औँ महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग आग्रह गरेको छ । नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी नेविसङ्घको १२औँ महाधिवेशनको वातावरण बनाउन पार्टीसमक्ष आग्रह गर्नुभएको हो ।

उहाँले आफ्नो सीमित स्वार्थ पूरा गर्न नेताहरुले टिके प्रथा जन्माउने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रहसमेत गर्नुभयो । “टिके प्रथाले आम विद्यार्थी र सङ्गठनको भलो हुँदैन, टीका लगाए हामी आन्दोलनमा जान्छौँ,” उहाँले भन्नुभयो ।

महामन्त्री काफ्लेले नेविसङ्घको केन्द्रीय समितिको बैठकले उमेर हद र विधान संशोधन पार्टी नेतृत्वलाई बुझाए पनि पार्टीको केन्द्रीय समितिले एकलौटी तरिकाले मनपरी निर्णय गरेको आरोप लगाउनुभयो । पार्टीले नेविसङ्घको विधानलाई बन्धक बनाउन खोजेको उहाँको भनाइ थियो । नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले पार्टी नेतृत्व नेविसङ्घको महाधिवेशन गर्न नचाएको बताउनुभयो ।

विसं २०७३ साउनमा दुई वर्ष कार्यकाल रहनेगरी ११औँ महाधिवेशन सम्पन्न भएको थियो । नेविसङ्घको कार्यकाल २०७५ भदौ २ गते सकिएको भए पनि निर्वाचन नभएपछि पार्टीको नेविसङ्घ हेर्ने समितिले मङ्सिर २ गतेसम्मका लागि म्याद थप गरेको थियो ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ८ : ५३ बजे

आज रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक आज, प्रतिवेदनमा जुट्ला सहमति ?

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक

संविधान दिवस कि औपचारिकताको दिवस ? : अधिवक्ता कमल सापकोटा

टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर