२०८२, १४ माघ बुधबार

भारतीय पत्रिकालार्इ अन्तर्वार्ता दिँदै उपप्रधानमन्त्री यादवले उडाए प्रधानमन्त्रीको खिल्ली

भारतीय पत्रिकालार्इ अन्तर्वार्ता दिँदै उपप्रधानमन्त्री यादवले उडाए प्रधानमन्त्रीको खिल्ली


काठमाडौं, कात्तिक २६ : उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल आफ्नै जीवनकालमा विश्वास नभएको बताएर सरकारकै योजनाको खिल्ली उडाएका छन् । भारत र चीन दुवै देशबाट रेलमार्ग बनाउन धमाधम काम भइरहेका बेला उपप्रधानमन्त्रीले नै यस्तो बताएका हुन् ।

भारतीय पत्रिका ‘द विक’लाई दिएको अन्तर्वार्तामा यादवले भनेका छन् ‘नेपालमा दुर्इतिरका रेल ल्याउन सजिलो छैन र मलार्इ लाग्दैन- मेरो जीवनकालमा यो देखिनेछ।’ प्रधानमन्त्री केपी अाेलीले केही वर्षभित्रै रेल ल्याइने बताइरहेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा यससम्बन्धि सम्झौता समेत भइसकेको छ । भारतसँग त काम नै अघि बढिसकेको छ ।

तर, उपप्रधानमन्त्रीले यो योजनाको खिल्ली उडाएकोमा प्रधानमन्त्री निकट व्यक्तिरु आश्चर्यमा परेका छन् । अन्तर्वार्ताको क्रममा उनले चिनियाँ वन्दरगाहा ३ हजार किलोमिटर टाढा भएको र कलकत्ता पोर्ट १ हजार किलोमिटर भन्दा कम रहेकोले यो उपयुक्त विकल्प बताएकाे समाचार नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ७ : १३ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,