२०८२, ३० आश्विन बिहीबार

डण्डीफोर हटाउने यस्ता छन् ८ घरेलु उपाय

डण्डीफोर हटाउने यस्ता छन् ८ घरेलु उपाय


डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । यहाँ डण्डीफोर हटाउने घरेलु उपायको चर्चा गरिएको छ ।

ओलिभ आयल : ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।

आलु : आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।

कागतीको रस : डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।

खाने सोडा : फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।

मह : एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।

भिटामिन : खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।

गोलभेंडा : गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।

चन्दन पाउडर : एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ५ : ५७ बजे

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार

जनकपुर । जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको

प्रवक्ता सापकोटा: सरकार मिति तोक्ने तर निर्वाचन नगर्ने बाटोमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता

काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त

नेप्से घट्दा कारोबारमा सामान्य सुधार

काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.४० अंकले घटेर २४८७.१७ अंकमा

यूएईकाे छनोटसँगै टी-२० विश्वकप खेल्ने सबै टीमको टुंगो

काठमाडौं । भारत र श्रीलंकामा हुने आउँदो टी-२० विश्वकप खेल्ने