२०८२, ५ माघ सोमबार

घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री

घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री


भद्रपुर, २४ कात्तिक: झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गर्नुभएको छ । मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त आम्दानी गर्नुभएको हो । उहाँले डिएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ ।

उहाँले लक्ष्मीपूजाको दिन फूलको माला पाँच हजार ५०० थान, ६६ हजार थुँगा र ५०० गुच्छा घरबाटै बिक्री भएको बताउनुभयो । माला प्रतिथान रु ५०, थुँगा प्रतिवटा रु एक र गुच्छा रु १५ का दरले बिक्री भएको थियो । तिहारलाई लक्षित गर्दै उहाँले सयपत्री फूलको खेती गर्नुभएको थियो । बिक्रीबाट रु तीन लाख ४८ हजार ५०० आम्दानी भएको उहाँको भनाइ छ । जसमा रु तीन लाख खुद नाफा भएको उप्रेतीले बताउनुभयो ।

तिहार लागेपछि सयपत्री फूल खरिद गर्न सर्वसाधारण र व्यवसायी दुवै घरमा आएको हुँदा फूल बेच्न बजार खोज्न जान नपरेको उहाँले बताउनुभयो । उहाँको फूलखेतीमा कलकते भेराइटिज जातको सयपत्रीको फूल फुलेको थियो । अझै ५० हजार फूल फूल्न बाँकी रहेको उहाँको भनाइ छ । उप्रेतीको बारीमा फूलेको फूल भारतबाट आयातीत फूलभन्दा राम्रो र ताजा भएका कारण सर्वसाधारणले उहाँकै बारीमा पुगेर तिहारमा फूल किनेको स्थानीय रेणुका डाँगी बताउनुहुन्छ ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ५ : ०१ बजे

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा

निर्वाचन आचारसंहिता आजदेखि लागू

काठमाडौं। निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ।