२०८२, १७ असार मंगलबार

यस्तो छ तिहारको महत्व र भाइटीकाको सांस्कृतिक पक्ष

यस्तो छ तिहारको महत्व र भाइटीकाको सांस्कृतिक पक्ष


नेपालीहरुको महान चाड बडादशैजत्तिकै महत्वपुर्ण दोस्रो ठुलो चाड तिहारको रौनकले छोपिसकेको छ । कार्तिक कृष्ण त्रयोदशीदेखी कार्तिक शुक्ल द्धितियासम्म पाँच दिन यमपञ्चकका रुपमा तिहार मनाउने चलन छ । तिहारमा विशेषगरि झिलिमिलि बत्तिको पर्व भएकाले कतिपयले दशैभन्दा पनि तिहारमा बढि मनोरन्जनका रुपमा पनि लिने गर्दछन् । खेतबालीबाट अन्नवाली भित्रयाइसकेपछि मनाइने यो पर्वकै बीचमा नेपाल संम्वत पनि फेरिन्छ । तिहारको आफनै संस्कृतिक परम्परा र रितिरिवाज छन् । यमपञ्चकका पाँच दिन काग, कुकुर, लक्ष्मी, गोवर्धन र भाई पूजाका रुपमा मान्ने परम्परा छ । तिहार एक प्रकारको फूलको पर्वपनि हो । ढकमक्क फुल फुल्ने यो समयमा गाउँ सहर बस्ती सवैतिर रमणीय, मनमोहक र मनोरञ्जनात्मक गतिविधि देख्न सकिन्छ । परापुर्वकालदेखी नै मानिदै आएको तिहारमा खेलिने दैसीभैलो र यसको महत्वका वारेमा कविता अधिकारीले सांस्कृतिक विद प्रा.डा. विणा पौड्यालसँग गरेको संवाद ।

दशै जत्तिकै महत्व बोकेको अर्को ठुलो पर्व तिहार आइसक्यो, हामी तिहार किन मनाउछौ, यसको ऐतिहासिक महत्व के छ ?
हामी जतिपनि चाडबाड मनाउछौ नी त्यसको पृष्ठभुमि भनेको धर्म संग जोडिएको हुन्छ । तिहारमा पनि यम र पञ्चकका नामले हामीले वेद देखि नै हेर्दा खेरी यम र यमीको संवाद त्यस बेलादेखी नै भएको देखिन्छ । अनि फेरि यो पर्यावरणसँग पनि जोडिएको छ । जसरी तिहारमा एउटा चराको कुरा आउछ पशुमा कुकुरको गाईका परिवारहरुको अनि पर्वतको शरीर र आत्मालाई पुजागर्ने कुरा आउछ अनि दाजुभाइ दिदि बहिनीलाई टिका लगाउने चलन पनि छ यो सबै हेर्दा खेरी एउटा पर्यावरणसँग जोडिएको छ । र यसले के पनि देखाउछ भने एउटा पुथ्विी भनेको सबैको साझा घर हो । यहाँ हरेक चिजको महत्व छ तर त्यो चिज मानिसलाई लागिरहेको हुदैन ।

काग पूजा
यम पन्चकको पहिलो दिन कागको पूजा गछौ त्यो भनेको ईश्वरप्रतिको आस्था पारिवारिक मुल्य मान्यता र मनोरन्जनसँग पनि जोडिएको छ । कागको पूजा गर्नुमा पनि यमी र यम पौाराणिक देवता हुन, उनीहरुसँग कागको सम्वन्ध जोडिएको हुन्छ । काग र कुकुरलाई यमराजको दुतका रुपमा प्रयोग गरिएको छ । त्यसले गर्दा दिर्घ जिवि यम भनेका मृत्युका देवता भएपनि दिर्घ जिवनका लागि मानिसले के गर्न पर्छ भनेर जोडिएको हुन्छ । यहाँ कागले पनि पर्यावरणलाई सफा गर्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ । पर्यावरण सफा बनाउन कागले धेरै फोहोर खाएर पर्यावरणलाई सन्तुलन बनाउन सहयोग गर्दछ । हुन त पर्यावरणमा यति राम्रा राम्रा अन्य चरा हरुपनि छन् तिनको पुजा नगरी किन कागलाइ नै रोजियो ? त्यस्तो नराम्रो रुखो चराको पुजा गरियो त ? भन्दा त्यो पर्यावरणसँग जोडिएको भएर हो । यसले के पनि प्रष्ट पार्छ भने बाहिर सोन्दर्य भन्दा भित्रि गुण हेर्न पर्छ है भन्ने पनि काग पुजालाई लिन सकिन्छ । अनि फेरि सन्देश लैजानका लागि पनि कागलाई मान्ने गरिन्छ । हाम्रो घरआँगनमा अझैपनि काग गरायो भने सुबोल भन्न चलन छ ।

कुकुर पूजा
कुकुर यस्तो जनावर हो जहाँ हिउ पर्ने ठाउदेखी गर्मि ठाउँमा पनि कुकुरले साथ दिएको हुन्छ । कुकुर नै हो मानिसको सबभन्दा नजिकको साथी । अनि फेरि मानिस यस्तो वाठो प्राणि हो उसले जहिले पनि जुन चिजबाट पनि फाइदा मात्रै हेर्छ । जुन चिजले आफुलाई फाईदा हुन्छ त्यो चिजलाई मात्रै मानिसले पाल्न खोजेको हुन्छ । जसले फुल पनि पादैन जसको मासुपनि खाइदैन त्यो चिजलाई मानिसले त्यसै पाल्दैन । अनि मानिसले कुकुरलाई किन पाल्न थाल्यो भने हामी कृषि प्रधानदेशमा बस्छौ । अनि अन्नवाली थन्क्याउने बालीको सुरक्षा दिने संरक्षण दिने हामी दिनभरि कामगरेर थाकेका हुन्छौ अनि राति सुत्छौ हामी सुतेपछि पनि हाम्रो घरको रेखदेख गर्ने प्राणि भनेकै कुकुर हो । कुकुरको गुणले गर्दा पनि मानिसहरुले उसलाई रुचाउन थाले ।

यो चाहि भयो उसको सामाजिक पक्ष, उसको धार्मिक पक्षको कुरा ग¥यो भने कुकुर फेरि यमराजको दुतको हिसावले हेरेर यमराजको द्धारपालका रुपमा पनि कुकुरालाई पुज्ने गरिन्छ । कुकुर एउटा यस्तो वफादार जनावर हो । सबै जनावर त्यस्तो वफादार हुदैनन् कुकुरको बारेमा महाभारतको रामायणमापनि वर्णन गरिएको छ कि स्वर्ग जाने कुरामा कुकुरलाई साथै लैजाने भन्ने पनि उल्लेख छ । कुकुर भनेको यस्तो गुनिलो जनावर हो यसले जे काम गर्छ त्यसको रिटर्न दिइहाल्छ । त्यही भएर पनि यसको पुजा गर्ने आवश्यक छ ।

लक्ष्मी पूजा
अहिले हरेक कुरा व्यापार पैसासँग जोडिएको छ र लक्ष्मीको पूजा सनातन धर्मालम्बी बाहेक सबैले गर्छन । धनको आवश्यकता सबैलाई हुन्छ । देवताहरुमा पनि के छ भने जतिपनि धनसम्पति खजाना हुन्छ त्यसको संरक्षण गरेर कुवेर बस्थे पछि समुन्द्र मन्थनबाट लक्ष्मी उत्पती भईन त्यसपछि कुँबेर बिस्तारै बिस्थापित भए र लक्ष्मी माथि आउन थालिन् । देवी देवताको पनि बिभिन्न समयमा बिभिन्न चर्चाहरु छन ।
त्यसले गर्दा लक्ष्मीको यति प्रसिद्धि बढयो कि सबैले लक्ष्मीको पूजा गर्न थाले धनधान्यका लागि अन्नको लागि सबैतिर लक्ष्मीलाई प्रमुख देवताको हिसाबले पूजा हुन थाल्यो । सबैले उनी मेरो घरभित्र आईन भने मेरो जीवन सहज हुन्छ मलाई सजिलो हुन्छ भन्ने हिसाबले सबैले लक्ष्मीलाई पुजा गर्न थाले त्यसले गर्दा अरु सबै कुराको महत्व हँुदाहुदै पनि लक्ष्मीको विशेष महत्व छ ।
त्यस्तै गाईतिहारका दिन गाईको पूजा गरेर गाईतिहार मनाउने गरिन्छ । गाईलाई लक्ष्मी पनि मान्ने गरिएको छ । गाईको दुःध जति पोशिलो हुन्छ त्यति नै गाईको पिसाब र गोबर गुनिलो हुन्छ । त्यस्तै गोरुको पनि महत्व छ । त्यसैले गाईका परिवारको संरक्षणका लागि गोबद्रन पूजा पनि गर्ने चलन छ ।

भाइटीकाको महत्व
यम भनेको सुर्यका पुत्र हुन । सुर्यका छोरा भएकाले सुर्यमा सातवटा रंग हुन्छ । जुन इन्त्रयोणिमा पनि हुन्छ । त्यसबेलाको किंवदंती अनुसार यम र यमुना भनेको जुम्ल्याहा दाजुबहिनी हुन । त्यो बेलाको समयमा जुम्ल्याहा दाजु बहिनीमा पनि विवाह गर्ने चलन रहेछ । बेदमा यमुनाले यमराजलाई विवाहको प्रस्ताव राखेकी छन् अनि यमले के भन्छन भने अव समाज परिर्वतन हुदैछ । त्यो हिजोको कुरा थियो अव हामीले थाहा पार्यौ हामी दाजु बहिनी हौ । दाजुभाइ दिदी बहिनी भनेको बेग्लै प्रेममा बस्नु पर्दछ ।

तिम्रो वरको लागि यो परिवार भन्दा बाहिरको केटा खोज र म मेरो विवाहको लागि हाम्रो परिवार भन्दा बाहिरको केटी खोज्छु भनेर त्यहाँ संवाद भईसकेपछि अब उनीहरु पति पत्निको रुपमा होइन दाजु बहिनीको रुपमा बसे त्यो कुरा समाजमा बुझाउन प¥यो भन्नका लागि त्यहि क्रमदेखी दाजुभाईको लामो आयुको कामना गदै भाईटिका मनाउने चलन चलेको भन्ने पनि उल्लेख छ ।

वैदिक सनातन धर्ममा हरेक क्रिषिमुनिहरुले मृत्यु बारे जान्न खोजेका छन् । मानिसलाई सबैभन्दा कौतुहलको बिषय भनेके सधै मृत्युको बिषयमा बोलेका छन । मुत्युलाई जित्न खोजेका छन तर सकेनन र लामो आयुको कामना गर्नका लागि मृत्युका देवता यमराजको पुजा गर्नका लागि दाजु भाइको लामो आयुको कामना गर्न हरेक बस्तु एक अर्कासँग जोडिएका छन् । अन्य फुलभन्दा मखमली फुलको माला दुवो । कुनै फुल एकदिनको आयु छ तर मखमली भनेको लामो समयसम्म रह्नछ । त्यही फुल रोजिएको छ । हरेक दिन लामो आयु भनेको एउटा संकेतको रुपमा लिइएको छ ।

हामीले जन्मिसकेपछि लामो आयु बाँच्ने प्रयत्न गर्नुपर्छ । हाम्रो खानपान , इक्सरसाइज त्यही प्रसंग हामीलाई तिहारमा सिकाइएको हो । त्यो त एउटा प्रसतिनिधि पात्र मात्रै हो । परापुर्वकालमा हुने दाजु बहिनीबीचको प्रेम विवाहमा परिणत नहोस र अर्के प्रेम सदा कायम रहोस भन्नका लागि पनि यो भाइटिकाको महत्व छ । भाईटीकाले दाजुबहिनी दुवैले आफनो लक्ष्मण रेखा कसरी टिकाउन सकिन्छ भन्ने दायरामा राख्नका लागि पनि यसले अहिले सम्म महत्व पाएको हो ।

पूजा विधि
जुनसुकै पूजा गर्दा सामान्य तरिका भनेको दियो कलश, गणेश स्थापना गर्ने पर्छ । भाईपूजा गर्दा दियो बालिसकेपछि अष्टचिरञ्जीको पूजा दाजुबहिनी दुबै जनाले गर्नुपर्छ । हामी कहाँ के छ भने भाईपुजा गर्नभन्दा अगाडि दिदी बहिनीले मात्रै अष्टचिरञ्जीविको पुज गर्ने चलन छ । तर त्यो होइन भाईपुजा गर्नभन्दा अगाडि गरिने अष्टचिरिञ्जीविको पुजा दुबैजनाले गर्न पर्छ ।

दाजुभाइ दिदिबहिनी सबैले अष्टचिरञ्जीविको पुजा गरेर हनुमान, बिभिषण, कृपाचार्य,अश्वसथामालाई आव्हान गर्ने अनि नवग्रहको पूजा गर्ने । सुर्यको छोरा भएको हुनाले नौ वटै ग्रहलाई पनि आहवान गरिन्छ । अनि दियो कलश गणेश, अष्टचिरन्जीवि, नवग्रहहरु यम यमुनाको प्रतिस्थापन गरेर पुजा गर्नुपर्छ । सबैभन्दा पहिला गणेशको पुजा गरिसकेपछि अरु देवी देवतालाई पुजा गरिसकेपछि अनि त्यो प्रसाद चाहि दिदी बहिनीले दाजुभाईलाइ लगाई दिने अनि दाजु भाइले दिदी बहिनीलाई लगाई दिने । ओखर फोड्ने भनेको अन्त्यमा हो ।दिदीभाइ दुबैजनाले दुबै जनालाई टिका लगाई दिने माला लगाइदिने अनि आर्शिवाद दिने लिने मिठा खानेकुरा खाने उपहार दिने चलन छ । पूजा गर्नुभनेको सम्मान गर्नु हो ।

देउसीभौलोेको महत्व के छ, देउसी किन खेलिन्छ ?
यसको महत्व दुईतिनवटा चिजसँग जोडिएको छ । एउटा भनेको मनोरञ्जन पनि हो । हाम्रो हरेक पर्वैको महत्व भनेको मनोरञ्जनसँग पनि जोडिएको छ । यो एउटा यस्तो पर्व हो आफनो टोल छिमेकका बर्षको एक दिन अर्को घरमा गएर रमाइलो गरेर आशिष लिएर केही कुरा माग्ने खाने उनीहरुले गाउने गितको प्रत्येकको एक से एक महत्व छन् । उनीहरु मौलिक तरिकाले संझिएको हुन्छ र जसमा बलि राजालाई पनि स्मरण गरिन्छ । बलि राजा भनेको असुरहरुका राजा हुन । हामीकहाँ देउता, दानव, मानव भनेर बिभिन्न वर्गहरु छुटयाउको हुन्छ । तर बलि राजा दानव भएपनि अधिकांश दानवराजाहरु अत्याचारी अन्यायगर्ने दुःखदिने खालको प्रशंग आउछ तर बलिराजा फरक छन् ।

राजा बलिले यति दान गरे यति दान गरे उनले प्रसस्त दान गरिसकेपछि ईन्द्रको आशन डगमगायो । इन्द्रको आशन डगमगाउनु भन्नुको मतलब त्यहाँ अब बलिले स्थान पाउने भए । अब बलिलाई बिस्थापित गर्न परयो भनेपछि देवताहरुले आफुभन्दा फरक टाईपको मानिस आफनो ठाँउमा नआओस भन्नका लागि बिष्णुलाई अनुरोध गर्छन र बिष्णुले अवतार लिन्छन र जुन वामन अवतार लिन्छन् । बिष्णुको तेस्रो अवतार लिन्छन जुन वामन भनेको सानो मानिसको रुपमा अवतार लिएर राजा वलिसँग मलाई तिनपाईला जमिन दिनुस भनेर बलिलाई प्रमिस गर्न लगाउछन ।

राजा वलिले प्रमिस गरेपछि एकाएक बिष्णु भगवानले ठुलो स्वरुपमा प्रकट भएर एउटा पाइतालाले आकाश ढाक्छन र दोस्रो पाइतालाले पृथ्वी र तेस्रो पाइताला कहाँ राखौ भनेपछि उनको शिरमा राखेर वलि पातालभित्र गएको भित्रि कथाहरु छन् । बलिले सम्पुर्ण दान गरेको प्रसंग आउछ । उनले जे पनि दान गर्ने टाउको मात्रै हैन की उनले शरीर नै दान दिएका छन । यो दिन चाहि वलिपनि मुक्त भएर बाहिर आउने भनेर लक्ष्मिले पनि पुकार गरेको दिन भएको कथामा आएको छ ।

देउसीभैलो खेल्नेमा हिजोको र आजको फरक पन के छ ?
पहिला चाहि मौलिक गीतहरु हुन्थ्ये । मानिसहरुले आफै रचना गर्ने आफै बनाउने अरु थिएन, अहिले त्यसमा परिर्वतन भएको छ । परिर्वतन आफैमा नराम्रो हैन तर हरेकको लक्ष्मण रेखा हुनुपर्दछ । देउसी भैलोको महत्व के हो ? यसले दिन खोजेको कुरा के हो ? आज आएर सम्पुर्ण पाश्यात्य वाध्यवाधनमा मात्रै बजाएर तर मैले पाश्याती गितहरु नराम्रो भन्न खोजेको छैन राम्रो होा तर देउसी भैलोमा हामीले हाम्रै मादल मुगुङ्गगा बजाएर रमाइलो गर्न सक्छौ । जे कुरा नेपाली पन हो त्यो गर्न पर्छ । हिजोको सांस्कृतिक चलन अहिले अलि हराउन लागेको छ । कति पटक नयाँ पुस्ताले थाहा नपाएर पनि देउसी भैलीका नयाँ मौलिक गितहरु ल्याएका छन त्यो सिकाइको कमि पनि हो ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ११ : ५५ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर