२०८२, ३ चैत्र बुधबार

तिहारमा अत्यधिक गुलियो खाँदा हुन्छ यी ६ हानी

तिहारमा अत्यधिक गुलियो खाँदा हुन्छ यी ६ हानी


तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ । पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन्।

कमजोर महशुस
यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ।

सुगरको कुलत
निरन्तर अत्याधिक गुलियो सेवन गर्नुको अर्काे हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो किनभने जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ । निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ।

छालामा समस्या
गुलियोले छालामा गम्भिर अशर गर्छ । निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ । चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ । बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ।

निराश र चिन्ता
बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन् । चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन् । गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई धमिलो बनाउँछ।

रुघाखोकीको जोखिम
गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ, र दीर्घ रोगको सम्भावना बढाउछ । यदि तपाईलाई बारम्बार रुघा लागेको छ भने चिनि वा गुलियोको परिणाम बढी भएको हुनुपर्छ । गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ।

अस्वभाविक तौल बृद्धि
सम्भवत तपाईलाई थाहा होला चिल्लोले शरिरलाई मोटो बनाउँदैन, बरु अरु समस्या ल्याउँछ । तर गुलियो खाँदा केही दिनमा नै अस्वभाविक तौल बढ्छ । सुगर र परिष्किृत कार्बोहाईड्रेडले शरिरको तौल ह्वात्तै बढाउँछ । तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ । गुलियोले आमाशय (गट) मा समेत अशर गरी तौल घट्नबाट रोक्छ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ११ : २७ बजे

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी इजराइलको हमलामा

ट्रम्प प्रशासनमा युद्धविरोधी निर्देशक जो केन्टले दिए राजीनामा

न्यूयोर्क । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्ट ले

अमेरिकी विमानबाहक युद्धपोत जेराल्ड फोर्ड फिर्ता तयारीमा

काठमाडौँ ।  अमेरिका रेड सीमा तैनाथ युद्धपोत (जेराल्ड फोर्ड) नजिकैको

रास्वपाका नवनिर्वाचित सांसदलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नवनिर्वाचित सांसदहरूको लागि जारी

नवनिर्वाचित सांसदको शपथ १२ गते, प्रतिनिधिसभाको बैठक १५ गतेपछि

काठमाडौं। निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते