२०८२, १२ फाल्गुन मंगलबार

बाघको आक्रमणबाट नौ गाई मरे

बाघको आक्रमणबाट नौ गाई मरे


कञ्चनपुर, २१ कात्तिक :कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाई माथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ उहाँले भन्नुभयो, “राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पु¥याउन थालेको छ ।” बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुश्किल हुन थालेको उहाँले बताउनुभयो ।

डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामाथि आक्रमण गर्न आउने गरेको छ । दुई साताअघि पनि ११ वटा गाई एकैरात बाघले मारेको थियो । नगरपालिका क्षेत्रमा छाडा छाडिएका गाई व्यवस्थापनका लागि सामुदायिक वनमा राखिएको छ । सामुदायिक वनका तीन ठाउमा झण्डै एक हजार गाईलाई राखिएको जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  १० : ३६ बजे

कोशीपारीमा समृद्धिको मार्गचित्रसहित उम्मेदवार अमित लामा मतदातासँग

बनेपा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा क्षेत्र नं. १ कोशीपारी

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा