२०८३, ३१ असार बिहीबार

लक्ष्मी कसरी खुसी हुन्छिन् ? यी हुन पूजा गर्ने विधि

लक्ष्मी कसरी खुसी हुन्छिन् ? यी हुन पूजा गर्ने विधि


तिहारमा काग,कुकुर ,गाई—गोरुको पूजासँगै लक्ष्मीको पनि पूजा गरिन्छ । कार्तिक कृष्ण औँसीको दिन घरलाई सफासुग्घर पारेर लिपपोत गरी दीपावली गरेर लक्ष्मी पूजा गर्दा धनधान्यले परिपूर्ण भई आरोग्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यसैगरी धन्तेरसको दिन पनि लक्ष्मीको विधिपूर्वक पूजाआजा गरिन्छ । हिन्दु धर्ममा हरेक देवताको निश्चित चिह्न पदार्थ,फूल,विरुवा,पात,खानेकुरा,चरा,जनावर सम्बन्धित भएको देखाएको छ । यो सम्बन्धको विशेष महत्व छ । यी सम्बन्धित कुरा शुद्ध र पवित्र पनि मानिन्छ् । यसले देवीदेवतालाई प्रशन्न पार्ने काम पनि गर्छ । लक्ष्मीसँग कुनकुन कुरा सम्बन्धित छ त ?

कमलको फूल :

lotus-f

लक्ष्मी भगवानले कमलको फूल निकैनै मनपराउनुहुन्छ । लक्ष्मीको आफ्नो आसनमा मात्र होइन दुवै हातमा कमलको फूल हुन्छ । यसैगरी कमलको कोपिलालाई माला बनाएर लगाउनुहुन्छ । यही कारणले गर्दा कमलको फूललाई पवित्र मानिन्छ । लक्ष्मीलाई खुसी पार्ने सबैभन्दा ठूलो कुरा कमलको फूलनै हो ।

 

if

 

श्री :
हिन्दु धर्ममा श्री लाई धन र पवित्र चिह्नको रुपमा लिइन्छ । यसलाई लक्ष्मीको रुपमा प्रयोग गरिन्छ अर्थात श्री भनेकै लक्ष्मी हो । त्यसैले लक्ष्मी पूजाको समयमा भित्ता र भुईमा श्री लेख्ने गरिन्छ ।

d-f

 

दियो :
जहाँ प्रकाश हुन्छ त्यहा लक्ष्मी हुन्छिन् भन्ने धार्मिक मान्यता छ । अन्धकारमा कहिल्यै  पनि लक्ष्मी आउँदिनन् । त्यसैले तिहारलाई उज्यालो चाड  पनि भन्ने गरिएको हो । औँसीको रातमा उज्यालो पार्न दियोको महत्वपूर्ण भूमका हुन्छ । अन्धकारलाई हटाउन दियो बाल्ने चलन वैदिन कालदेखि नै रहेको थियो । त्यसैले दियो लक्ष्मीलाई खुसी पार्ने अर्को चिज हो ।

 

sw-f
स्वस्तिक चिह्न :
स्वस्तिक चिह्न लक्ष्मीलाई मनपर्ने  चिह्न हो । लक्ष्मी पूजाको समयमा लक्ष्मीलाई  घरभित्र भित्राउन घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाइन्छ।

 

p-f

 

ॐ :
लक्ष्मीलाई मनपर्ने अर्को चिह्न हो ॐ। सबै लक्ष्मीका मन्त्र ॐ बाट नै सुरु भएका छन् । ॐ वैदिन मन्त्र हो र यो सर्वब्यापी छ ।

 

mudra1-f
कौडी :
पहेँलो कौडी लक्ष्मीलाई धेरैनै मनपर्छ । धनी र गरीब सबैले पहेँलो कौडी सजिलै पाउन सक्छन् ।

लक्ष्मीलाई खुसी पार्न पूजा गर्दा पहेँलो कौडी प्रयोग गर्न सकिन्छ ।

 

images-1f
नरिवल:
धेरै नरिवलको माथिल्लो भागमा तीनवटा थोप्ला हुन्छ तर एउटै मात्र थोप्ला भएको नरिवल पाउन धेरै गाह्रो हुन्छ । यो नरिवललाई लक्ष्मीको प्रतिकका रुपमा लिइन्छ । यो नरिवललाई खानको लागि भन्दा पनि लक्ष्मीको साधनाको लागि प्रयोग गरिन्छ ।

 

images-2-f
अन्न:
मानिसको लागि अन्न् सबैभन्दा ठूलो सम्पत्ति हो । अन्नको प्रचुरता समृद्धिको सूचक हो । जहाँ लक्ष्मीले वास गर्छिन,त्यहा धनधान्यले पूर्ण हुन्छ भन्ने जनविश्वास छ । अष्टलक्ष्मीमध्य एक लक्ष्मीको नाम धान्यलक्ष्मी पनि हो ।

 

s-f

 

श्रीयन्त्र :
यन्त्रहरुमा श्रीयन्त्रलाइृ सबैभन्दा ठूलो मानिन्छ । श्रीयन्त्रमानै लक्ष्मीले वास गर्छिन । श्रीयन्त्रनै लक्ष्मीको शक्तिको मूल स्रोत हो । त्यसैले श्रीयन्त्र जहाँ हुन्छ ,त्यहाँ लक्ष्मीले वास गर्छिन भनिन्छ ।

 

images-3-f

 

सेतो हात्ती:
भ्गवान कमलालाई लक्ष्मी स्वरुप मानिन्छ । कमलालाई छुट्टै देवता पनि  मान्ने गरिएको छ । कमलाको वाहन सेतो हात्ती हो । यही कारणले लक्ष्मीले सेतो हात्ती चढ्न मनपराउँछिन् भन्ने भनाई छ ।

 

images-4-f

 

सुन :

वैदिक कालमा सुनले मुद्राको काम गरेको थियो । धन र समृद्धिको देवी लक्ष्मी भएकाले लक्ष्मीले सुन मन नपराउने कुरै भएन । त्यही भएर लक्ष्मी पूजा गर्दा धनसम्पत्ति रोखेर पूजा गर्ने गरिन्छ ।

 

o-f
उल्लु:
उल्लुलाई आधुनिक समयमा अपवित्र चरा माने पनि धार्मिक हिसाबले पवित्र मानिन्छ । उल्का वाहिनी लक्ष्मीको विविध नाममध्य एक हो । उल्कावाहिनीको वाहन उल्लु हो । यसरी लक्ष्मीको वाहन भनेको उल्लुलाई दूरदर्शी र बुद्धिमानको प्रतिकका रुपमा लिइन्छ ।

लक्ष्मीलाई विभिन्न रुपमा पूजा गरिन्छ तर आठवता लक्ष्मीलाई पूज ागर्ने चलन धेरै छ । यी आठओटा लक्ष्मीलाई अष्टलक्ष्मी भनिन्छ । यी लक्ष्मीहरुमा आदिलक्ष्मी,धनलक्ष्मी,धान्यलक्ष्मी,गजलक्ष्मी,शान्तनालक्ष्मी,वीरलक्ष्मी,विजयलक्ष्मी,ऐश्वर्यलक्ष्मी पर्दछन् । यसैगरी सौभाग्यलक्ष्मी ,राज्यलक्ष्मी,गृहलक्ष्मी,वैभवलक्ष्मी,भाग्यलक्ष्मीलाई पनि पूजा गर्ने चलन छ । लक्ष्मी मन्त्रहरुमा एक सय आठ,एक हजार आठ लक्ष्मीका नामहरु उल्लेख गरिएको पाइन्छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  १० : १७ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै