२०८२, १४ श्रावण बुधबार

पिपिएल क्रिकेटको उपाधि पोखरालाई

पिपिएल क्रिकेटको उपाधि पोखरालाई


कास्की, २० कात्तिक: पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले हात पारेको छ । आज यहाँ भएको फाइनल खेलमा पोखराले चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधिमा कब्जा जमाएको छ । सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको विजेता पोखराले ट्रफीसहित रु २७ लाख तथा उपविजेता चितवनले रु १० लाखमा चित्त बुझायो । पोखरा रङ्गशालामा भएको अत्यन्तै रोचक खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले अन्तिम ओभरको दोस्रो बलमा पूरा गरेको थियो ।

पिपिएलको उपाधि हात पार्ने क्रममा घरेलु टोलीका रवीइन्दर सिँहले उत्कृष्ट ब्याटिङ गरे । खेलमा ९० रनको योगदान दिएका सिँहले ५८ बलमा तीन छक्का र १३ चौका प्रहार गरेका थिए । त्यस्तै मोहम्मद नाभिदले २५ तथा शरद भेषवाकरले २२ रन जोडेका थिए । खेलको १९औँ ओभरमा दुई विकेट लिँदै चितवन खेलमा फर्कन खोजे पनि अन्तिम ओभरको दोस्रो बलमा पोखराका विनोद भण्डारीले चौका प्रहार गर्दै उपाधि पक्का गरेका थिए ।

चितवनका कप्तान पारस खड्काले ५१ रनको अर्धशतक तथा सन्नी पटेलले २१ बलमा ४३ रन जोडे पनि टोलीलाई जीत दिलाउन सकेनन् । यही कात्तिक ९ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न छ टोलीले सहभागिता जनाएका थिए । चितवनका सन्नी पटेल प्लेयर अफ दी टुर्नामेन्ट घोषित हुँदै एक थान मोटरसाइकल पुरस्कार प्राप्त गरे । उत्कृष्ट बलर चितवनका करन केसी तथा उत्कृष्ट ब्याट्सम्यानको उपाधि काठमाडौँ रोयल्सका गौरव तोमरले जित्दै एक÷एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाए ।

पोखराका ललितनारायण राजवंशी प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर बन्दै रु एक लाख एक हजार तथा पोखराकै रासिद खान इमर्जिङ प्लेयरको उपाधि जित्दै रु ५० हजार जित्न सफल भए । विजेता, उपविजेता तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ३७ बजे

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको खतरा

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा आज बिहान

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त, गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आन्तरिक राजनीतिक संकटको

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेकपा एमाले बागमती

सफलता प्राप्तिका लागि पाथिभरामाताको दर्शन गर्नुहोस्: विश्वास, श्रद्धा र प्रेरणाको स्रोत

काठमाडौं । नेपालका शक्तिपीठहरूमध्ये अत्यन्तै श्रद्धा र आस्थाको केन्द्र बनेको