२०८३, १८ भाद्र शुक्रबार

पिपिएल क्रिकेटको उपाधि पोखरालाई

पिपिएल क्रिकेटको उपाधि पोखरालाई


कास्की, २० कात्तिक: पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले हात पारेको छ । आज यहाँ भएको फाइनल खेलमा पोखराले चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधिमा कब्जा जमाएको छ । सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको विजेता पोखराले ट्रफीसहित रु २७ लाख तथा उपविजेता चितवनले रु १० लाखमा चित्त बुझायो । पोखरा रङ्गशालामा भएको अत्यन्तै रोचक खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले अन्तिम ओभरको दोस्रो बलमा पूरा गरेको थियो ।

पिपिएलको उपाधि हात पार्ने क्रममा घरेलु टोलीका रवीइन्दर सिँहले उत्कृष्ट ब्याटिङ गरे । खेलमा ९० रनको योगदान दिएका सिँहले ५८ बलमा तीन छक्का र १३ चौका प्रहार गरेका थिए । त्यस्तै मोहम्मद नाभिदले २५ तथा शरद भेषवाकरले २२ रन जोडेका थिए । खेलको १९औँ ओभरमा दुई विकेट लिँदै चितवन खेलमा फर्कन खोजे पनि अन्तिम ओभरको दोस्रो बलमा पोखराका विनोद भण्डारीले चौका प्रहार गर्दै उपाधि पक्का गरेका थिए ।

चितवनका कप्तान पारस खड्काले ५१ रनको अर्धशतक तथा सन्नी पटेलले २१ बलमा ४३ रन जोडे पनि टोलीलाई जीत दिलाउन सकेनन् । यही कात्तिक ९ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न छ टोलीले सहभागिता जनाएका थिए । चितवनका सन्नी पटेल प्लेयर अफ दी टुर्नामेन्ट घोषित हुँदै एक थान मोटरसाइकल पुरस्कार प्राप्त गरे । उत्कृष्ट बलर चितवनका करन केसी तथा उत्कृष्ट ब्याट्सम्यानको उपाधि काठमाडौँ रोयल्सका गौरव तोमरले जित्दै एक÷एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाए ।

पोखराका ललितनारायण राजवंशी प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर बन्दै रु एक लाख एक हजार तथा पोखराकै रासिद खान इमर्जिङ प्लेयरको उपाधि जित्दै रु ५० हजार जित्न सफल भए । विजेता, उपविजेता तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ३७ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण