२०८३, २७ आश्विन बुधबार

काङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

काङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म


काठमाडौँ, २० कार्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ ।

अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो ।

बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि सार्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका क्रममा भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय पनि गरेको छ ।

बाँकी सहमति कार्यान्वयनका सन्दर्भमा अध्ययन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

यसैगरी पार्टीको लेखापरीक्षण समितिका संयोजकमा केन्द्रीय सदस्य श्याम घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ५ : ११ बजे

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम