२०८२, १४ माघ बुधबार

अछाममा नेकपा एकीकरणको टुङ्गो लाग्यो

अछाममा नेकपा एकीकरणको टुङ्गो लाग्यो


अछाम, १९ कात्तिक नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ ।

आइतबार अबेरसम्म बसेको पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह तथा ९१ वटा वडाबाट आएको पार्टी समायोजनको संयुक्त खाका तयार गरेर आज प्रदेश कमिटीलाई सिफारिश गरेको छ ।

एकताअन्तर्गत तीन नगरपालिका र तीन गाउँपालिकामा साबिक नेकपा एमाले ले नेतृत्व पाएको छ भने एक नगरपालिका र तीन गाउँपालिकासहित चार स्थानीय तहमा साबिक नेकपा माओवादी केन्द ले नेतृत्व पाएको छ ।

मङ्गलसेन, साँफेबगर, र कमलबजार नगरपालिका तथा ढकारी, बान्नीगढी जयगढ र चौरपाटी गाउँपालिकामा तत्कालीन नेकपा ९एमाले०ले नेतृत्व लिने निर्णय भएको छ ।

यस्तै पञ्चदेवल विनायक नगरपालिका तथा रामारोशन, मेल्लेख र तुर्माखाँद गाउँपालिकामा तत्कालीन नेकपा माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएकोे कार्यदल सदस्य तथा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।

साबिक दुवै पार्टीको जुन जुन स्थानीय तह र वडामा वर्चस्व छ सोही ठाउँमा नेतृत्व लिने गरी नीतिगत निर्णय गरिएको उहाँले बताउनुभयो

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ९ : ०५ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,