२०८३, २४ आश्विन आईतबार

अछाममा नेकपा एकीकरणको टुङ्गो लाग्यो

अछाममा नेकपा एकीकरणको टुङ्गो लाग्यो


अछाम, १९ कात्तिक नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ ।

आइतबार अबेरसम्म बसेको पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह तथा ९१ वटा वडाबाट आएको पार्टी समायोजनको संयुक्त खाका तयार गरेर आज प्रदेश कमिटीलाई सिफारिश गरेको छ ।

एकताअन्तर्गत तीन नगरपालिका र तीन गाउँपालिकामा साबिक नेकपा एमाले ले नेतृत्व पाएको छ भने एक नगरपालिका र तीन गाउँपालिकासहित चार स्थानीय तहमा साबिक नेकपा माओवादी केन्द ले नेतृत्व पाएको छ ।

मङ्गलसेन, साँफेबगर, र कमलबजार नगरपालिका तथा ढकारी, बान्नीगढी जयगढ र चौरपाटी गाउँपालिकामा तत्कालीन नेकपा ९एमाले०ले नेतृत्व लिने निर्णय भएको छ ।

यस्तै पञ्चदेवल विनायक नगरपालिका तथा रामारोशन, मेल्लेख र तुर्माखाँद गाउँपालिकामा तत्कालीन नेकपा माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएकोे कार्यदल सदस्य तथा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।

साबिक दुवै पार्टीको जुन जुन स्थानीय तह र वडामा वर्चस्व छ सोही ठाउँमा नेतृत्व लिने गरी नीतिगत निर्णय गरिएको उहाँले बताउनुभयो

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ९ : ०५ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५