२०८२, १८ असार बुधबार

अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन : अर्थमन्त्री

अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन : अर्थमन्त्री


सङ्खुवासभा, १९ कात्तिक: अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको बताउनुभएको छ । सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुराकानी गर्दै उहाँले निर्माणाधीन अरुण तेस्रोका बारेमा तत्कालै समीक्षा गर्ने बेला भइनसकेको बताउनुभएको हो ।

अर्थमन्त्री डा खतिवडाले अरुण तेस्रोको निर्माण चलिरहेको र कार्यप्रगति भइरहेको हुँदा तत्कालै त्यसका बारेमा पुनरवलोकन गर्नेभन्दा पनि कार्यप्रगतिका आधारमा सरकारले सहयोग गर्नुपर्ने बताउँदै अहिलेको अवस्थामा अरुण तेस्रोप्रति सरकार सन्तुष्ट रहेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवको जलविद्युत् आयोजनास्थलसम्म सडक पहुँच मार्ग राम्रो बनाउन सरकारले २०६६ सालमा नै नीतिगत निर्णय गरिसकेको छ, उहाँले भन्नुभयो, “आयोजनामा स्थानीय नागरिकको पहुँच बढाउँदै लैजाने र आयोजनास्थलसम्म मध्यपहाडी लोकमार्गलाई छुवाएर लैजाने गरी सरकारले नीति बनाएको छ । ”

अर्थमन्त्री डा खतिवडाले राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने र त्यहाँ लामो समयदेखि स्थापना हुन नसकेको भन्सार कार्यालय, राजश्व कार्यालय, सीमा प्रशासन र सुरक्षाका हिसाबले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको कार्यालय स्थापना गर्ने सोचका साथ सरकार अगाडि बढेको बताउनुभयो । करको विषयमा तल्लो तहमा नकारात्मक सन्देश गएकाले त्यसको वास्तविकता बुझ्न सबैलाई आग्रह गर्दै अहिले बजारमा हल्ला भएजस्तो सरकारको साधारण खर्च बढी नभएको बरु राजश्व सङ्कलन बढी भएको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ०८ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर