२०८३, ७ आश्विन बिहीबार

नवलपरासीमा ट्रकमा बस ठोक्किदा ११ जना घाइते, दुईको अवस्था चिन्ताजनक

नवलपरासीमा ट्रकमा बस ठोक्किदा ११ जना घाइते, दुईको अवस्था चिन्ताजनक


कावासोती, १९ कात्तिक: पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्“िकदा बसमा सवार ११ जना घाइते भएका हुन् ।

घाइतेमध्ये नवलपरासी सुस्ता गाउ“पालिका बस्ने ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ बस्ने ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । घाइते तीन जनाको नया“ मेडिकल कलेज, सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ८ : २१ बजे

प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा

राष्ट्र बैंकको निर्देशन संशोधन : बैंकको शेयर लगानी अवधि ६ महिनाबाट ४५ दिनमा झर्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानीसम्बन्धी

एमाले केन्द्रीय कमिटीका २२ निर्णय सार्वजनिक, महासचिव पोखरेलद्वारा जारी प्रेस वक्तव्यको पूर्णपाठ

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले समसामयिक राजनीतिक तथा