२०८२, २५ असार बुधबार

सुविधा दुई चालकको काम एकै जनाबाट

सुविधा दुई चालकको काम एकै जनाबाट


काठमाडौं, १९ कार्तिक : संघीय संसद्का पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन्। धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन् तर पारिश्रमिक भने लिएका छन्। प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समिति सभापति समेतले दुई जना चालकको सुविधा पाउँछन्।

संघीय संसद् सचिवालयले पदाधिकारीलाई दुई जना सवारी चालकको सुविधा दिने गरेको छ। चालकको मासिक पारिश्रमिक भुक्तानी पनि सम्बन्धित पदाधिकारीकै बैंक खातामार्फत् गरिन्छ ।हलुका सवारी चालकका रूपमा प्रतिसवारी चालक १८ हजार तीन सय रुपियाँका दरले दुईजना चालकका लागि मासिक ३६ हजार ६०० रुपियाँ पदाधिकारीकै खातामा जम्मा गरिदिन्छ। तर, दुई सवारी चालकको सुविधा बुझे पनि अधिकांश पदाधिकारीका चालक एकजना मात्र रहेको छ ।

सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी ने कपाका संसदीय दलका प्रमुख सचेतक देब गुरुङका दुई चालकले नै गेटपासका लागि नाम दर्ता गराएका छन्। गुरुङको सवारी चालकका रूपमा सचिवालयमा महेश गुरुङ र युगेन लामाको नाम दर्ता छ। यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठका पनि दुई चालक छन्। रेकर्ड अनुसार श्रेष्ठका चालकमा सरोज तामाङ र पासाङ लामा रहेका छन्।, यो खबर आजको गोरखपत्र दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ८ : ११ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज