२०८१, २७ माघ आईतबार

जानकी मन्दिरको सौन्दर्य वृद्धि गरिने

जानकी मन्दिरको सौन्दर्य वृद्धि गरिने


जनकपुरधाम, १८ कात्तिक: प्रदेश नंं २ को सरकारले जानकी मन्दिरको परिसरको सौन्दर्य बढाउने भएको छ । मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले छठको लगत्तै जानकी मन्दिरलाई रु पौने आठ करोडको लागतमा सौन्दर्य वृद्धि गर्ने योजना रहेको बताउनुभयो ।

सीताराम विवाह महोत्सवमा अयोध्याबाट जानकीको माइतमा अयोध्याबाट आउने साधुसन्तलाई प्रदेश सरकारले सम्मान गर्ने कार्यक्रम राखेको बताउँदै उहाँले साधुसन्तको सम्मानका लागि सरकारले रु ५० लाख उपलब्ध गराउने योजना छ भन्नुभयो ।

आस्थाको महापर्वमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले छठका लागि जलाशयलाई स्वच्छ र सुन्दर राख्न सरकारले हरेक उपाय पहिल्याउने धारणा राख्नुभयो । नेपाली, मैथिली, हिन्दी र भोजपुरी भाषामा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले भेदभाव, वैमनस्यता, उँच नीचको भावनाको अन्त्यका साथै सबैको मान, सम्मान कायमका लागि सरकार क्रियाशील रहेको बताउनुभयो । रासस

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ९ : २१ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव