२०८३, ३ आश्विन आईतबार

साख्वा र नेपाल संवत्बारे अध्ययनअनुसन्धान हुनुपर्छ: उपप्रधानमन्त्री पोखरेल

साख्वा र नेपाल संवत्बारे अध्ययनअनुसन्धान हुनुपर्छ: उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ, १८ कात्तिक: उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल संवत्को मौलिक पक्षको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । धूम्रबाराहीस्थित नेकपा कार्यालयमा नेपाल संवत् ११३९ न्हूदँ समारोह समितिका पदाधिकारीसँगको भेटघाटमा रक्षामन्त्री पोखरेलले उक्त संवत्का प्रवत्र्तक शङ्खधर साख्वाको योगदानबारे थप अनुसन्धान गरेर विद्यालयस्तरीय पाठ्यक्रम विकास गरी अध्ययनअध्यापन गराउनुपर्ने तथा नेपाल संवत्को महत्व र विशेषताबारे लिखित सामग्री सबै भाषामा अनुवाद गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उक्त समितिले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा व्यावहारिक रुपमा कार्यान्वयन गर्न माग गरेको छ । यसअघि सरकारले जनताको ऋणमोचन गरी जनस्तरबाट देशकै नाममा नेसं चलाएको हुँदा उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्नाका साथै नेसंलाई मान्यता दिइसकेको छ । गोबद्र्धन पूजाका दिन नेपाल संवत्को नयाँ वर्ष मनाइन्छ । यसैबीच सो संवत्का सन्दर्भमा आज साँझ सुकुन्दा पदयात्रासमेत गरिएको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ६ : ४० बजे

आज रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक आज, प्रतिवेदनमा जुट्ला सहमति ?

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक

संविधान दिवस कि औपचारिकताको दिवस ? : अधिवक्ता कमल सापकोटा

टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर