२०८३, ७ कार्तिक शनिबार

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ


मकवानपुर , कात्तिक १८ : तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । आजको नागरिकले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

शनिबार नागरिककर्मीसँग कुरा गर्दै स्थापितले आफूले विकासका काम गर्न थालेपछि मुख्यमन्त्रीले आत्तिएर आफूलाई पदमुक्त गरेको आरोप लगाए । उनले आफूलाई गलत साबित गरेर देखाउन समेत मुख्यमन्त्रीलाई चुनौती दिए । मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग बाझेको भन्दै स्थापितलाई पदबाट हटाइएको भनिए पनि विवादको मूल जड प्रदेश स्थायी राजधानी भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच केही समयदेखि टकराव सुरु भएको थियो । मन्त्री पदको सपथलगत्तै स्थापितले हेटौंडाबाट चाँडै राजधानी सार्ने बताएपछि उनी र मुख्यमन्त्रीबीचको दुरी बढ्न थालेको थियो । मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृहजिल्लाको हेटौंडालाई नै स्थायी राजधानी तोक्नुपर्नेमा दृढ थिए । तर, स्थापितले काभ्रेतिरै राजधानी सारेरै छाड्ने अभियानमा लबिङ गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ७ : ५० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना