२०८२, २७ चैत्र शनिबार

नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ

नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ


काठमाडौँ, १७ कात्तिक: नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शङ्खमूलस्थित केशव घिमिरेको घरमा जडान गरिएको उक्त बायोग्यासको शुभारम्भ गर्दै महानगरमा बढिरहेको फोहरलाई व्यवस्थापन गरी ग्यास उत्पादन गर्न यसले सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

महानगरपालिकाले उपत्यकाका फोहरबाट ग्यास उत्पादन गर्ने गृहकार्यमा लागेको छ, उहाँले भन्नुभयो, “कुहिएका फोहर फाल्नुको सट्टा घरमै ग्यास उत्पादन हुने र बाहिरबाट ग्यास किन्नु नपर्ने हुन्छ, त्यसैले यस्तो प्रविधि प्रयोग गर्नका लागि महानगरपालिकाले प्रोत्साहन गर्नेछ ।” वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले होम बायोग्यास प्रणालीबाट फोहर फाल्न र उठाउनजस्ता समस्या समाधान हुने र खाना पकाउनका लागि ग्याससमेत उत्पादन हुने बताउनुभयो ।

एडन इञ्जीनियरिङ सोलुसन प्रालि तथा शङ्खमूल बृहत् सरसफाइ अभियानले घरमा उत्पादन हुने कुहिने फोहरबाट खाना पकाउने मिथेन ग्यास उत्पादन गर्ने बायोग्यास प्रणाली इजरायलबाट भित्र्याएका हुन् । करीब रु ९० हजार पर्ने उक्त होम बायोग्यासलाई घरका छतमा सजिलै राख्नज सकिन्छ ।

घरबाट निस्किएका खाना, तरकारीको फोहर उक्त बायोग्यासमा हालिन्छ र यसबाट उत्पादन हुने ग्यासले दैनिकरुपमा खाना पकाउन सकिने एडन सोलुसन प्रालिका प्रभात भट्टराईले बताउनुभयो ।

उक्त बायोग्यास छतमा २० डिग्रीभन्दा बढी तापक्रममा राख्नुपर्दछ । जति धेरै तापक्रम भयो, फोहरबाट त्यती नै बढी ग्यास उत्पादन हुने उहाँले बताउनुभयो । दैनिक तीन किलो फोहर उक्त प्लान्टमा हाल्नाले तीन घण्टासम्म ग्यास आउने उहाँको भनाइछ । पोलिइथाइलिन भन्ने पदार्थबाट बनेको उक्त बायोग्यासको आयु १० वर्षको हुने जनाएको छ । फोहरबाट उत्पादन हुने ग्यास भान्सामा पाइपका माध्यमबाट चुलोमा जोडिन्छ र खाना पकाइन्छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : ४६ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण