२०८२, २ आश्विन बिहीबार

नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ

नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ


काठमाडौँ, १७ कात्तिक: नेपालमा पहिलो पटक होम बायोग्यासको शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शङ्खमूलस्थित केशव घिमिरेको घरमा जडान गरिएको उक्त बायोग्यासको शुभारम्भ गर्दै महानगरमा बढिरहेको फोहरलाई व्यवस्थापन गरी ग्यास उत्पादन गर्न यसले सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

महानगरपालिकाले उपत्यकाका फोहरबाट ग्यास उत्पादन गर्ने गृहकार्यमा लागेको छ, उहाँले भन्नुभयो, “कुहिएका फोहर फाल्नुको सट्टा घरमै ग्यास उत्पादन हुने र बाहिरबाट ग्यास किन्नु नपर्ने हुन्छ, त्यसैले यस्तो प्रविधि प्रयोग गर्नका लागि महानगरपालिकाले प्रोत्साहन गर्नेछ ।” वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले होम बायोग्यास प्रणालीबाट फोहर फाल्न र उठाउनजस्ता समस्या समाधान हुने र खाना पकाउनका लागि ग्याससमेत उत्पादन हुने बताउनुभयो ।

एडन इञ्जीनियरिङ सोलुसन प्रालि तथा शङ्खमूल बृहत् सरसफाइ अभियानले घरमा उत्पादन हुने कुहिने फोहरबाट खाना पकाउने मिथेन ग्यास उत्पादन गर्ने बायोग्यास प्रणाली इजरायलबाट भित्र्याएका हुन् । करीब रु ९० हजार पर्ने उक्त होम बायोग्यासलाई घरका छतमा सजिलै राख्नज सकिन्छ ।

घरबाट निस्किएका खाना, तरकारीको फोहर उक्त बायोग्यासमा हालिन्छ र यसबाट उत्पादन हुने ग्यासले दैनिकरुपमा खाना पकाउन सकिने एडन सोलुसन प्रालिका प्रभात भट्टराईले बताउनुभयो ।

उक्त बायोग्यास छतमा २० डिग्रीभन्दा बढी तापक्रममा राख्नुपर्दछ । जति धेरै तापक्रम भयो, फोहरबाट त्यती नै बढी ग्यास उत्पादन हुने उहाँले बताउनुभयो । दैनिक तीन किलो फोहर उक्त प्लान्टमा हाल्नाले तीन घण्टासम्म ग्यास आउने उहाँको भनाइछ । पोलिइथाइलिन भन्ने पदार्थबाट बनेको उक्त बायोग्यासको आयु १० वर्षको हुने जनाएको छ । फोहरबाट उत्पादन हुने ग्यास भान्सामा पाइपका माध्यमबाट चुलोमा जोडिन्छ र खाना पकाइन्छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : ४६ बजे

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान सवारी दुर्घटनामा परेर एक

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं । नेपालप्रहरीमा ४८ जनावरिष्ठप्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ।

साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको