२०८२, १० माघ शनिबार

करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु

करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु


लहान, १७ कात्तिक : सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ । करेन्ट लागेर आज सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

आफ्नै घरमा खेलिरहेका अवस्थामा मल्टिप्लकबाट करेन्ट लागेर घाइते भएका बालक उपचारका लागि धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि गएराति करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ४५ वर्षीय राजकुमार महतोको मृत्यु भएको थियो । आफ्नै घरमा रहेको मसला पिस्ने मिलमा करेन्ट लागेर सिकिस्त भएका महतोलाई उपचारका लागि लहानतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : २२ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई