२०८३, २६ आश्विन मंगलबार

करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु

करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु


लहान, १७ कात्तिक : सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ । करेन्ट लागेर आज सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

आफ्नै घरमा खेलिरहेका अवस्थामा मल्टिप्लकबाट करेन्ट लागेर घाइते भएका बालक उपचारका लागि धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि गएराति करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ४५ वर्षीय राजकुमार महतोको मृत्यु भएको थियो । आफ्नै घरमा रहेको मसला पिस्ने मिलमा करेन्ट लागेर सिकिस्त भएका महतोलाई उपचारका लागि लहानतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : २२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल