२०८३, ४ आश्विन सोमबार

साफ यु–१५ फुटबलको उपाधि बङ्गलादेशलाई, नेपाल चाैथाे

साफ यु–१५ फुटबलको उपाधि बङ्गलादेशलाई, नेपाल चाैथाे


काठमाडौँ, १७ कात्तिक: चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक÷एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बङ्गलादेशले बाजी मा¥यो । खेलमा शुरुआती अग्रता बङ्गलादेशले लिएको थियो । खेलको २७ औँ मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बङ्गलादेशले अग्रता बनाएको थियो । तर, खेलको ५४ आँै मिनेटमा पाकिस्तानले मोहिब उल्लाहको गोलको मद्दतले खेल बराबरीमा ल्याएको थियो ।

प्रतियोगितामा पाकिस्तानका हसिब मोहम्मद खान उत्कृष्ट खेलाडी बने । यस्तै चार गोल गर्दै बङ्गलादेशका मोहम्मद सर्वाधिक गोलकर्ता चुनिए । बङ्गलादेशले फेयरप्ले टोलीको अवार्ड समेत हात परेको छ । अन्तिम खेल हेर्न नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी विन्टे शाम्स पनि एन्फा मैदान सातदोबाटो पुग्नुभएको थियो । विजेता टोलीलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

मनाङ मस्र्याङ्दी क्लबलाई गभर्नस गोल्डकपको उपाधि
यसैगरी मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज सिक्किमको पाल्जोर रङ्गशालामा भएको फाइनल खेलमा रेड आर्मी क्लब भारतलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो । मनाङको जितमा एकमात्र गोल सुजल श्रेष्ठले खेलको ८१ औँ मिनेटमा गरेका थिए ।

क्वार्टरफाइनलमा कोलकाता कस्टम्स क्लबलाई दुईका विरुद्ध चार गोलले हराएको मनाङले सेमिफाइलनमा कोलकाता एटिकेलाई दुईका विरुद्ध छ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । दशैँअघि भएको ए डिभिजन लिगमा पनि मनाङले विजयी शुरुआत गरेको थियो । मनाङ ए डिभिजन लिगको साविक विजेता टोलीसमेत हो । प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ८ : ४९ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग