२०८२, १४ पुस सोमबार

पाँच वर्षभित्रमा सबै प्रतिबद्धता पूरा गर्छौं : मन्त्री बस्नेत

पाँच वर्षभित्रमा सबै प्रतिबद्धता पूरा गर्छौं : मन्त्री बस्नेत


गोरखा, १७ कात्तिक: गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले पाँच वर्षभित्रमा सरकारले गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोरखा नगरपालिका– ३ ले नारेश्वरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “निर्वाचनका बेला जनतासँग जे प्रतिबद्धता गरेका छौँ, पाँच वर्षभित्रमा पूरा गर्छौं ।”

मन्त्री बस्नेतले सङ्घ, प्रदेश र स्थानीय सरकारले मिलेर समृद्ध नेपालको परिकल्पना पूरा गर्ने बताउँदै “जनताका कतिपय अपेक्षा अहिले नै पूरा भएका छैनन्, त्यो स्वाभाविक हो तर सरकारले केही गर्नै सकेन भन्नु गलत हो”, भन्नुभयो ।

“सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी बिजुली लगायतका सबै आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर समृद्ध नेपालको विकासका निम्ति काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपालीको नारालाई ध्यानमा राखेर सरकारले बजेट ल्याएको छ, त्यसको कार्यान्वयन भर्खरै शुरु भएकाले बल्ल जनताले अब परिवर्तनको महसुस गर्न पाउने छन् ।”

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : ४० बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी