२०८३, ३० श्रावण आईतबार

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो :इरान

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो :इरान


तेहरान, १७ कात्तिक: अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताउनुभएको छ । खामेनीको पर्सियाली ट्वीटर पेजमा तेहरानमा गरिएको सम्बोधनलाई उद्धृत गरी उल्लेख गरिएको छ, “अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन् । अमेरिकाको बेजोडको शक्ति र मजबुत अमेरिकी अर्थतन्त्र र सैन्य शक्ति पनि पछिल्ला सरकारका कारण कमजोर बन्दै गएको छ ।” अमेरिकाद्वारा तेल लगायतका सामानमा सोमबारदेखि लागु हुने भनिएको इरानमाथि लगाइएको पछिल्लो प्रतिबन्धप्रति हल्का टिप्पणी गर्दै अमेरिकी सरकारको कट्टर आलोचक खामेनीले यो सफल नहुने बताउनुभयो ।

इरान र अमेरिकाबीचको विवाद ४० बर्ष लामो भएको भन्दै वासिङ्टनले इरानविरूद्ध सैन्य, आर्थिक तथा सञ्चारको प्रयोग गरी हरेक प्रयास गरेको तर हराउन विफल भएको छ, खामेनीले भन्नुभयो । उहाँले थप्नुभयो, “ विगत ४० बर्षको चुनौतिपछि एउटा प्रमुख सत्य के बनेको छ भने इश्लामिक गणतन्त्र इरानसँग अमेरिका सधैँ पराजित बनेको छ र इरान विजयी बनेको छ ।” अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरेको थियो ।

त्यसपछि इरानमाथि विभिन्न बिषयमा प्रतिबन्धको घोषणा गरेको अमेरिकाको पछिल्ला निर्णयहरूले सम्झौताका हस्ताक्षरकर्ता तथा विश्वका प्रभाबशाली राष्ट्रहरू खुशी छैनन् । इरान भने आणविक सम्झौताको पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ । वासिङ्टनले भने पूर्व राष्ट्रपति बाराक ओबामाका पालामा भएको उक्त सम्झौता नमान्ने तर पुनः अर्को नयाँ सम्झौता गर्नुपर्ने बताउँदै आएको छ । नयाँ सम्झौतामा इरानले मध्यपूर्वमा गर्दै आएको हस्तक्षेप तथा हतियार आपूर्तिजस्ता मिसाएल कार्यक्रमलाई घटाउनुपर्ने अमेरिकी ट्रम्प प्रशासनको जिकिर छ । यो मागलाई तेहरानले अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ६ : ५८ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका