२०८२, ४ कार्तिक सोमबार

साफ यू १५ च्याम्पियनसिप – नेपाल चौथो स्थानमा सिमित

साफ यू १५ च्याम्पियनसिप – नेपाल चौथो स्थानमा सिमित


काठमाडौँ, १७ कात्तिक : साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित मैदानमा आज भएको खेलमा १८ औँ मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो ।

पहिलो हाफमा शुन्यका विरुद्ध एक गोलले पछि परेका नेपाल दोस्रो हाफमा सुधारिएको प्रदर्शन त गरें, तरपनि गोल गर्न नसक्दा भारतसँग पराजित हुन पुग्यो । जितसँगै अघिल्लो संस्करणको विजेता भारत तेस्रो बन्यो ।

नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग शुन्यका विरुद्ध चार गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो । प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्समाथि शुन्यका विरुद्ध चार गोलको सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलादेशसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भयो ।

पहिलो खेलमै पाकिस्तानसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भएका भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । पाकिस्तान र बङ्गलादेशबीचको खेल एन्फा मैदानमा अहिले जारी छ ।
–रासस

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ६ : ३० बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,