२०८३, २५ आश्विन सोमबार

गुरुयोजना बनाई समृद्धिको मार्गमा लाग्न अर्थमन्त्रीे खतिवडाको सुझाव

गुरुयोजना बनाई समृद्धिको मार्गमा लाग्न अर्थमन्त्रीे खतिवडाको सुझाव


काठमाडौँ, १७ कार्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले गुठी संस्थानलाई आधुनिक सामाजिक संस्थानका रुपमा विकास गर्न जरुरी रहेको औँल्याउनुभएको छ ।

गुरुयोजना बनाएर नयाँ ढङ्गले व्यवस्थापन गरी समृद्धिको मार्गमा लाग्न उहाँले संस्थानका पदाधिकारीलाई सुझाव दिनुभयो । संस्थानको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले इतिहासको धरोहर गुठी संस्थानको अस्तित्व जोगाउँदै यसलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“सामाजिक पूँजी समृद्धिको महत्वपूर्ण आधार हो”, अर्थमन्त्री खतिवडाको भन्नुभयो “गुठी संस्थानले देशको समृद्धिमा पनि टेवा पु¥याउनुपर्छ, यसतर्फ तपाईहरुको ध्यान जाओस् ।” उहाँले सम्पत्ति जगेर्नाको नाममा आयआर्जन नगरी बस्नु विडम्बना हो भन्दै संस्थानको विकासका लागि छलफल गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

सरकारले गुठी संस्थानको मुआब्जा रकम नदिएको भन्ने प्रसङ्गलाई ईंकित गर्दै अर्थमन्त्री खतिवडाले परम्परागत संस्कृति संरक्षणसँगै आधुनिक विकासमा जान चुनौती रहेको बताउनुभयो । “सरकार दुईवटै कार्यलाई सँगसँगै लैजाने योजनामा छ, कतै सरकारले त कतै गुठीले सहयोग गर्नुपर्छ ।” अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले गुठी संस्थानलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै समग्र सम्पत्ति उपयोगको रणनीतिक योजना बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा गुठी संस्थानका प्रशासक नारायण चौधरीले संस्थानको वार्षिक गतिविधिबारे जानकारी गराउँदै ऐन संशोधनका लागि बनेको विनियम मन्त्रालयमा अड्किएको बताउनभयो । यसका लागि सहजीकरण गर्न उहाँले अर्थमन्त्री खतिवडा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव मैनालीसँग अनुरोध गर्नुभयो ।

सरकारले दिनुपर्ने मुआब्जा रकमसमेत उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । विभिन्न क्षेत्रमा भूमाफियाले जग्गा अतिक्रमण गरेको तथा कर्मचारीको अभावमा प्रभावकारी काम गर्न नसकिएको चौधरीले स्वीकार्नु भयो ।

संस्थानका अध्यक्ष मीनराज चौधरीले विभिन्न समस्याका बाबजुद संस्थानले काम गर्दै आएको जानकारी दिनुभयो ।
संस्थानले गएको वर्ष रु ३७ करोड ४५ लाख आम्दानी गरी रु २४ करोड एक लाख खर्च गरेको जनाएको छ । पच्चीस वर्ष काम गरेका संस्थानका कर्मचारीलाई आज दीर्घसेवा पदक प्रदान गरिएको थियो भने संस्थानको हितमा काम गर्ने विभिन्न व्यक्तिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संस्थानको वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान, सरसफाइ कार्यक्रम र हाजिरीजवाफ प्रतियोगिता गरिएको महासचिव दीपकबहादुर पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ३ : २६ बजे

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ