२०८२, ९ भाद्र मंगलबार

गुरुयोजना बनाई समृद्धिको मार्गमा लाग्न अर्थमन्त्रीे खतिवडाको सुझाव

गुरुयोजना बनाई समृद्धिको मार्गमा लाग्न अर्थमन्त्रीे खतिवडाको सुझाव


काठमाडौँ, १७ कार्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले गुठी संस्थानलाई आधुनिक सामाजिक संस्थानका रुपमा विकास गर्न जरुरी रहेको औँल्याउनुभएको छ ।

गुरुयोजना बनाएर नयाँ ढङ्गले व्यवस्थापन गरी समृद्धिको मार्गमा लाग्न उहाँले संस्थानका पदाधिकारीलाई सुझाव दिनुभयो । संस्थानको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले इतिहासको धरोहर गुठी संस्थानको अस्तित्व जोगाउँदै यसलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“सामाजिक पूँजी समृद्धिको महत्वपूर्ण आधार हो”, अर्थमन्त्री खतिवडाको भन्नुभयो “गुठी संस्थानले देशको समृद्धिमा पनि टेवा पु¥याउनुपर्छ, यसतर्फ तपाईहरुको ध्यान जाओस् ।” उहाँले सम्पत्ति जगेर्नाको नाममा आयआर्जन नगरी बस्नु विडम्बना हो भन्दै संस्थानको विकासका लागि छलफल गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

सरकारले गुठी संस्थानको मुआब्जा रकम नदिएको भन्ने प्रसङ्गलाई ईंकित गर्दै अर्थमन्त्री खतिवडाले परम्परागत संस्कृति संरक्षणसँगै आधुनिक विकासमा जान चुनौती रहेको बताउनुभयो । “सरकार दुईवटै कार्यलाई सँगसँगै लैजाने योजनामा छ, कतै सरकारले त कतै गुठीले सहयोग गर्नुपर्छ ।” अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले गुठी संस्थानलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै समग्र सम्पत्ति उपयोगको रणनीतिक योजना बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा गुठी संस्थानका प्रशासक नारायण चौधरीले संस्थानको वार्षिक गतिविधिबारे जानकारी गराउँदै ऐन संशोधनका लागि बनेको विनियम मन्त्रालयमा अड्किएको बताउनभयो । यसका लागि सहजीकरण गर्न उहाँले अर्थमन्त्री खतिवडा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव मैनालीसँग अनुरोध गर्नुभयो ।

सरकारले दिनुपर्ने मुआब्जा रकमसमेत उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । विभिन्न क्षेत्रमा भूमाफियाले जग्गा अतिक्रमण गरेको तथा कर्मचारीको अभावमा प्रभावकारी काम गर्न नसकिएको चौधरीले स्वीकार्नु भयो ।

संस्थानका अध्यक्ष मीनराज चौधरीले विभिन्न समस्याका बाबजुद संस्थानले काम गर्दै आएको जानकारी दिनुभयो ।
संस्थानले गएको वर्ष रु ३७ करोड ४५ लाख आम्दानी गरी रु २४ करोड एक लाख खर्च गरेको जनाएको छ । पच्चीस वर्ष काम गरेका संस्थानका कर्मचारीलाई आज दीर्घसेवा पदक प्रदान गरिएको थियो भने संस्थानको हितमा काम गर्ने विभिन्न व्यक्तिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संस्थानको वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान, सरसफाइ कार्यक्रम र हाजिरीजवाफ प्रतियोगिता गरिएको महासचिव दीपकबहादुर पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ३ : २६ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको