२०८३, ७ कार्तिक शनिबार

उपरखुट्टी लगाएर बस्नु शरिरलाई फाइदा कि बेफाइदा हेर्नुहोस्

उपरखुट्टी लगाएर बस्नु शरिरलाई फाइदा कि बेफाइदा हेर्नुहोस्


खासगरी आफुभन्दा ठूलाबडा, गन्यमान्य व्यक्तिको सामुन्ने ‘उपरखुट्टी लगाउनु’लाई शोभनिय मानिदैन । उपरखुट्टी भनेको एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्नु । किन यसो भनिएको होला रु जसरी बसेपनि के भो र रु बसाईको पोजिसनले पनि आदररअनादर जनाउँछ ?

हाम्रो मनमा यस्तै प्रश्न उठ्थ्यो । आखिर उपरखुट्टी लगाउँदैमा किन अरुलाई टाउको दुख्नुपर्ने ?

खासमा पूर्खाहरुले जे जस्ता शिष्टचारका कुराहरु गरे र त्यसलाई पालना गराउने अनेक यत्न गरे, त्यसको पछाडि कुनै न कुनै रहस्य हुन्थ्यो । त्यसको वैज्ञानिक कारण हुन्थ्यो । तर, हामीले ठान्यौं, बुढाहरुको आडम्बरी कुरा हुन् यी । जबकी वर्तमान समाजमा सभ्यताको कुरा गर्दा हामी त्यही शिष्टचार पालना गर्न बाध्य छौं, जो हिजो हामीले लत्याएका थियौं ।

हाम्रा पिता(पूर्खाले सिकाएको शिष्टचारलाई हामीले ‘पुरानो सोंच’ भनेर उडाएपनि आज त्यो कति महत्वपूर्ण रहेछ भन्ने कुरा हामीलाई हेक्का हुँदैछ । खासमा पिता(पूर्खाले जे(जति कुराहरु गरे र आफ्ना पुस्तालाई त्यसमा अभ्यस्त गराउन खोजे, त्यो कुनै ‘वाहियात’ कुरा थिएन । ‘बेकारका बात’ थिएन । आडम्बर थिएन । ढोंग थिएन । त्यसको कुनै न कुनै अर्थ थियो ।

के रहेछ त अर्थ ?

खासमा खुट्टा क्रस गरेर वा उपरखुट्टी लगाएर बस्नुसँग शिष्टचारको कुरा किनपनि जोडिएको रहेछ भने, यो स्वास्थ्यका लागि हानिकारक रहेछ । उपरखुट्टी लगाएर बस्नुको हानिकारक प्रभाव शरीरमा पर्छ । हुन त हामी यसलाई स्टाइलको वा आरमको रुपमा लिन्छौं । कतिपय अवस्थामा आफुलाई ठूलो देखाउन पनि हामी उपरखुट्टी लगाउँछौं, तर यो पोजिसन सही होइन ।

यसरी उपरखुट्टी लगाएर बस्दा पेरोनोल नर्वमा दबाब पर्छ । साथै खुट्टाको नसामा त्यसले दबाब पैदा गर्छ । यसले मांशपेसीलाई संकुचित गराउँछ । र, अस्थायी प्यारालाइसिसको संभावना बढाइदिन्छ । यसको असर खुट्टामा मात्र पर्ने होइन । यसले गर्दन र ढाँडमा समेत नकारात्मक असर पार्छ ।

भेरिकोज भेन्समा नसा बढेको हुन्छ । कुनैपनि नसा भेरिकोज भेन्स नै हुनसक्छ । तर सबैभन्दा प्रभावित नसा हाम्रो खुट्टा र खुट्टाको पञ्जामा हुन्छ । त्यही कारण उभिदा वा घुम्दा हाम्रो तल्लो भागको नसामा दबाब बढ्छ । भेरिकोज भेन्स सामान्यत छालाको सतहमा देखिने निलो नसा हो । कहिले काहीँ यसले गंभिर समस्याको रुप लिन्छ ।

हुन त चिकित्सकहरु अझैपनि यसमा स्पष्ट छैनन् कि, उपरखुट्टी लगाउँदा त्यसले भेरिकाज नसाको कारण बन्छ कि बन्दैन । यद्यपी अधिकांश चिकित्सकले के भन्ने गरेका छन् भने, उपरखुट्टी लगाएर बस्दा त्यसले रक्त प्रवाहमा नराम्ररी असर पुर्‍याउँछ ।

मांसपेशीलाई असर

उपरखुट्टी लगाएर बस्दा घुँडाको ठिक विपरितको मांसपेशीमा दबाब पर्छ, जसले खुट्टाको तल्लो भाग र खुट्टामा उत्तेजना पैदा गर्छ । यदि हामी लामो समयसम्म यही पोजिसनमा बस्यौं भने खुट्टाको मांसपेशी कमजोर एवं शिथिल हुनपुग्छ । पछि यही कारण मांसपेशी दुख्ने समस्या पनि हुनसक्छ ।

अस्थायी पक्षघात

जब हामी लामो समय उपरखुट्टी लगाएर बस्छौं । यो एक स्थितीको कारण बन्न सक्छ, जसलाई पेरोनेल नर्व पाल्सी भनिन्छ । यस्तो अवस्था आइसकेपछि खुट्टाको औंलाहरु ठिक ढंगले उठाउन सकिदैन । दक्षिण कोरियामा भएको एक अध्ययन अनुसार घण्टौंसम्म उपरखुट्टी लगाएर बस्दा अस्थाई पक्षघातको समस्या हुने जोखिम देखिन्छ ।

रक्तचाप बढ्छ

जब हाम्रो रक्तचाप जाँच गरिन्छ, त्यसबेला चिकित्सकले खुट्टालाई सामान्य पोजिसनमा राख्न भन्छ । उपरखुट्टी लगाएको अवस्थामा रक्तचाप जाँच गरिदैन । किनभने उपरखुट्टी लगाएर बस्दा रक्तचाप स्वत बढ्छ ।

गर्दन र कम्मरको समस्या

यस पोजिसनमा लामो समय बस्दा पेल्भिक बोनको एक रोटेशन प्रभावित हुन्छ । यो हड्डी मेरुदण्डको हड्डीको आधार हो । यसमा दवाव परेपछि गर्दन र कम्मरको तल्लो भागमा दवाव पर्छ । एजेन्सी 

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : ३६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना