२०८२, १६ चैत्र मंगलबार

उपरखुट्टी लगाएर बस्नु शरिरलाई फाइदा कि बेफाइदा हेर्नुहोस्

उपरखुट्टी लगाएर बस्नु शरिरलाई फाइदा कि बेफाइदा हेर्नुहोस्


खासगरी आफुभन्दा ठूलाबडा, गन्यमान्य व्यक्तिको सामुन्ने ‘उपरखुट्टी लगाउनु’लाई शोभनिय मानिदैन । उपरखुट्टी भनेको एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्नु । किन यसो भनिएको होला रु जसरी बसेपनि के भो र रु बसाईको पोजिसनले पनि आदररअनादर जनाउँछ ?

हाम्रो मनमा यस्तै प्रश्न उठ्थ्यो । आखिर उपरखुट्टी लगाउँदैमा किन अरुलाई टाउको दुख्नुपर्ने ?

खासमा पूर्खाहरुले जे जस्ता शिष्टचारका कुराहरु गरे र त्यसलाई पालना गराउने अनेक यत्न गरे, त्यसको पछाडि कुनै न कुनै रहस्य हुन्थ्यो । त्यसको वैज्ञानिक कारण हुन्थ्यो । तर, हामीले ठान्यौं, बुढाहरुको आडम्बरी कुरा हुन् यी । जबकी वर्तमान समाजमा सभ्यताको कुरा गर्दा हामी त्यही शिष्टचार पालना गर्न बाध्य छौं, जो हिजो हामीले लत्याएका थियौं ।

हाम्रा पिता(पूर्खाले सिकाएको शिष्टचारलाई हामीले ‘पुरानो सोंच’ भनेर उडाएपनि आज त्यो कति महत्वपूर्ण रहेछ भन्ने कुरा हामीलाई हेक्का हुँदैछ । खासमा पिता(पूर्खाले जे(जति कुराहरु गरे र आफ्ना पुस्तालाई त्यसमा अभ्यस्त गराउन खोजे, त्यो कुनै ‘वाहियात’ कुरा थिएन । ‘बेकारका बात’ थिएन । आडम्बर थिएन । ढोंग थिएन । त्यसको कुनै न कुनै अर्थ थियो ।

के रहेछ त अर्थ ?

खासमा खुट्टा क्रस गरेर वा उपरखुट्टी लगाएर बस्नुसँग शिष्टचारको कुरा किनपनि जोडिएको रहेछ भने, यो स्वास्थ्यका लागि हानिकारक रहेछ । उपरखुट्टी लगाएर बस्नुको हानिकारक प्रभाव शरीरमा पर्छ । हुन त हामी यसलाई स्टाइलको वा आरमको रुपमा लिन्छौं । कतिपय अवस्थामा आफुलाई ठूलो देखाउन पनि हामी उपरखुट्टी लगाउँछौं, तर यो पोजिसन सही होइन ।

यसरी उपरखुट्टी लगाएर बस्दा पेरोनोल नर्वमा दबाब पर्छ । साथै खुट्टाको नसामा त्यसले दबाब पैदा गर्छ । यसले मांशपेसीलाई संकुचित गराउँछ । र, अस्थायी प्यारालाइसिसको संभावना बढाइदिन्छ । यसको असर खुट्टामा मात्र पर्ने होइन । यसले गर्दन र ढाँडमा समेत नकारात्मक असर पार्छ ।

भेरिकोज भेन्समा नसा बढेको हुन्छ । कुनैपनि नसा भेरिकोज भेन्स नै हुनसक्छ । तर सबैभन्दा प्रभावित नसा हाम्रो खुट्टा र खुट्टाको पञ्जामा हुन्छ । त्यही कारण उभिदा वा घुम्दा हाम्रो तल्लो भागको नसामा दबाब बढ्छ । भेरिकोज भेन्स सामान्यत छालाको सतहमा देखिने निलो नसा हो । कहिले काहीँ यसले गंभिर समस्याको रुप लिन्छ ।

हुन त चिकित्सकहरु अझैपनि यसमा स्पष्ट छैनन् कि, उपरखुट्टी लगाउँदा त्यसले भेरिकाज नसाको कारण बन्छ कि बन्दैन । यद्यपी अधिकांश चिकित्सकले के भन्ने गरेका छन् भने, उपरखुट्टी लगाएर बस्दा त्यसले रक्त प्रवाहमा नराम्ररी असर पुर्‍याउँछ ।

मांसपेशीलाई असर

उपरखुट्टी लगाएर बस्दा घुँडाको ठिक विपरितको मांसपेशीमा दबाब पर्छ, जसले खुट्टाको तल्लो भाग र खुट्टामा उत्तेजना पैदा गर्छ । यदि हामी लामो समयसम्म यही पोजिसनमा बस्यौं भने खुट्टाको मांसपेशी कमजोर एवं शिथिल हुनपुग्छ । पछि यही कारण मांसपेशी दुख्ने समस्या पनि हुनसक्छ ।

अस्थायी पक्षघात

जब हामी लामो समय उपरखुट्टी लगाएर बस्छौं । यो एक स्थितीको कारण बन्न सक्छ, जसलाई पेरोनेल नर्व पाल्सी भनिन्छ । यस्तो अवस्था आइसकेपछि खुट्टाको औंलाहरु ठिक ढंगले उठाउन सकिदैन । दक्षिण कोरियामा भएको एक अध्ययन अनुसार घण्टौंसम्म उपरखुट्टी लगाएर बस्दा अस्थाई पक्षघातको समस्या हुने जोखिम देखिन्छ ।

रक्तचाप बढ्छ

जब हाम्रो रक्तचाप जाँच गरिन्छ, त्यसबेला चिकित्सकले खुट्टालाई सामान्य पोजिसनमा राख्न भन्छ । उपरखुट्टी लगाएको अवस्थामा रक्तचाप जाँच गरिदैन । किनभने उपरखुट्टी लगाएर बस्दा रक्तचाप स्वत बढ्छ ।

गर्दन र कम्मरको समस्या

यस पोजिसनमा लामो समय बस्दा पेल्भिक बोनको एक रोटेशन प्रभावित हुन्छ । यो हड्डी मेरुदण्डको हड्डीको आधार हो । यसमा दवाव परेपछि गर्दन र कम्मरको तल्लो भागमा दवाव पर्छ । एजेन्सी 

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : ३६ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक