२०८२, २ आश्विन बिहीबार

राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो

राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो


काठमाडौं, कात्तिक १७ : केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक)ले मागअनुसार रगत संकलन हुन नसकेको जनाएको छ । ‘हिजो (बिहीबार) दुईवटा रक्तदान कार्यक्रम थियो, दुवै स्थगित भयो,’ केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनीता राजकर्णीकारले भनिन्, ‘निर्धारित रक्तदान कार्यक्रम हुन नसकेकाले पनि रगत अभाव भएको हो ।’ उनका अनुसार अहिले रगतको माग दैनिक ३ सयदेखि ३ सय ५० प्रिन्ट छ, तर संकलन सोअनुसार हुन सकेको छैन ।

मूल्यवृद्धि
ब्लड बैंकले प्रतियुनिट रगतमा सय रुपैयाँ मूल्यवृद्धि गरेको छ । निर्देशक कर्णीकारले बिहीबार ब्लड बैंकमा टाँसेको सूचनामा ‘केन्द्रीय रक्तसञ्चार सेवाबाट रगत र रक्ततत्व उपलब्ध गराउनेक्रममा हाललाई रक्तसंकलन रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार ब्युरोको निर्णयअनुसार प्रतियुनिट थप सय रुपैयाँ लिने व्यवस्था गरेको’ उल्लेख छ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : २१ बजे

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान सवारी दुर्घटनामा परेर एक

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं । नेपालप्रहरीमा ४८ जनावरिष्ठप्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ।

साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको