२०८३, २८ श्रावण शुक्रबार

राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो

राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो


काठमाडौं, कात्तिक १७ : केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक)ले मागअनुसार रगत संकलन हुन नसकेको जनाएको छ । ‘हिजो (बिहीबार) दुईवटा रक्तदान कार्यक्रम थियो, दुवै स्थगित भयो,’ केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनीता राजकर्णीकारले भनिन्, ‘निर्धारित रक्तदान कार्यक्रम हुन नसकेकाले पनि रगत अभाव भएको हो ।’ उनका अनुसार अहिले रगतको माग दैनिक ३ सयदेखि ३ सय ५० प्रिन्ट छ, तर संकलन सोअनुसार हुन सकेको छैन ।

मूल्यवृद्धि
ब्लड बैंकले प्रतियुनिट रगतमा सय रुपैयाँ मूल्यवृद्धि गरेको छ । निर्देशक कर्णीकारले बिहीबार ब्लड बैंकमा टाँसेको सूचनामा ‘केन्द्रीय रक्तसञ्चार सेवाबाट रगत र रक्ततत्व उपलब्ध गराउनेक्रममा हाललाई रक्तसंकलन रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार ब्युरोको निर्णयअनुसार प्रतियुनिट थप सय रुपैयाँ लिने व्यवस्था गरेको’ उल्लेख छ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : २१ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व