२०८३, २ मंसिर बुधबार

कानून दलितमैत्री हुन्छ : मुख्यमन्त्री राउत

कानून दलितमैत्री हुन्छ : मुख्यमन्त्री राउत


लहान, १६ कात्तिक: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले बनाउने हरेक कानून दलितमैत्री हुने बताउनुभएको छ । सिरहाको कर्जन्हा नगरपालिका ११ मा आज आयोजित दलित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले राज्यको हरेक निकायमा दलित समुदायको सम्मानजनक प्रतिनिधित्वका लागि प्रदेश सरकारले बनाउने हरेक ऐन र कानुन दलितमैत्री हुने बताउनुभयो ।

दलित समुदायले अधिकार नपाएरसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएकोले दलितको अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ । मुलुकको परिवर्तनमा दलितको भमिका महत्वपुर्ण रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री राउतले भन्नुभयो, “हरेक परिवर्तनमा दलित समुदायको भुमिका छ, तर अझै ति समुदायले अधिकार प्राप्त गर्न सकेको छैन ।”

समाजमा रहेका छुवाछुत, भेदभाव र सामाजिक अपराध शिक्षाले मात्र सुधार हुने भएकोले प्रदेश सरकारले ‘‘बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम संचालन गरेको बताउनुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले दलित सशक्तिकरण ऐन प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । सो अवसरमा दलित समुदायका जनप्रतिनिधिको भेलाबाट तयार पारिएको विभिन्न १० बुँदे घोषणापत्र मुख्यमन्त्री राउतलाई बुझाइएको थियो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  १० : ०४ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ? 

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतसँग आत्मविश्वासका साथ प्रस्तुत हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको

आईजीपी विवाद : छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश 

काठमाडौं । प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक

एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम

कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल