२०८२, २९ असार आईतबार

कानून दलितमैत्री हुन्छ : मुख्यमन्त्री राउत

कानून दलितमैत्री हुन्छ : मुख्यमन्त्री राउत


लहान, १६ कात्तिक: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले बनाउने हरेक कानून दलितमैत्री हुने बताउनुभएको छ । सिरहाको कर्जन्हा नगरपालिका ११ मा आज आयोजित दलित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले राज्यको हरेक निकायमा दलित समुदायको सम्मानजनक प्रतिनिधित्वका लागि प्रदेश सरकारले बनाउने हरेक ऐन र कानुन दलितमैत्री हुने बताउनुभयो ।

दलित समुदायले अधिकार नपाएरसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएकोले दलितको अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ । मुलुकको परिवर्तनमा दलितको भमिका महत्वपुर्ण रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री राउतले भन्नुभयो, “हरेक परिवर्तनमा दलित समुदायको भुमिका छ, तर अझै ति समुदायले अधिकार प्राप्त गर्न सकेको छैन ।”

समाजमा रहेका छुवाछुत, भेदभाव र सामाजिक अपराध शिक्षाले मात्र सुधार हुने भएकोले प्रदेश सरकारले ‘‘बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम संचालन गरेको बताउनुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले दलित सशक्तिकरण ऐन प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । सो अवसरमा दलित समुदायका जनप्रतिनिधिको भेलाबाट तयार पारिएको विभिन्न १० बुँदे घोषणापत्र मुख्यमन्त्री राउतलाई बुझाइएको थियो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  १० : ०४ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म