२०८३, ११ आश्विन सोमबार

अबको निकास समृद्धि र विकासः मन्त्री विष्ट

अबको निकास समृद्धि र विकासः मन्त्री विष्ट


गुल्मी १६ कात्तिक: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अबको केही वर्षमा श्रम बेच्न विदेश भौतारिनु नपर्ने बताउनुभएको छ । गुल्मी मालिका गाउँपालिका–८ मरभुङ सिमलटारीस्थित स्वास्थ्यचौकी भवनको आज उद्घाटन गर्दै उहाँले नयाँ संविधान र सङ्घीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन, त्यसको व्यवस्थापन तथा कानून निर्माणलगायतका काम भएको र अबको निकास समृद्धि र विकास भएको बताउनुभयो ।

मन्त्री विष्टले देशमा धेरै योजना ठेकेदारको लापर्वाहीले अलपत्र भएको बताउँदै समयमै काम नसक्ने निर्माण व्यवसायीलाई सरकारले कानून परिवर्तन गरेर भए पनि कारवाही गर्ने धारणा व्यक्त गर्नुभयो । तम्घास–सिमलटारी–प्यूठान सडक र धुर्कोट सव स्टेशनको काम सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको उल्लेख गर्दै मरभुङ सिमलटारी स्वास्थ्यचौकी जस्ता धेरै स्वास्थ्यचौकी आफ्नो क्षेत्रमा निर्माण भइरहेको बताउनुभयो ।

उक्त स्वास्थ्यचौकी रु दुई करोड ४२ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । यसैगरी मन्त्री विष्टले मालिका गाउँपालिका–७ घमिरस्थित स्वाथ्यचौकी भवनको पनि आजै उद्घाटन गर्नुभयो । उक्त भवन पनि रु दुई करोड ४२ लाखको लागतमा निर्माण भएको जनाइएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ५८ बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा